२०८१ असोज ३, बिहिवार , ०६:५४:५६ बजे

Sajhamanch
'

इलाम कारागारबाट थुनुवा साइँला फरार !

शुक्रवार, चैत १७, २०७९

इलाम । कोशी प्रदेश अन्तरगत इलाम जिल्लाको सदरमुकाममा रहेको इलाम कारागारबाट एक थुनुवा फरार भएका छन् । झापाको मेचीनगर नगरपालिका वडा नं. ३ बाहुनडाँगीका ३४ वर्षीय साइँला भनिने मनराज राई फरार भएका हुन् ।

इलाम कारागार देशकै नमूना सुधारगृहका रुपमा परिचित भए पनि यहीँबाट थुनुवा फरार भएकाले घटनालाई आश्चार्यको रूपमा लिइएको छ ।

हिजो बिहीबार साँझ साढे ५ बजेपछि कैदी र थुनुवा गणना गर्ने क्रममा उनी फेला नपरेकाले फरार भएको खुलेको हो । कारागारमा हरेक साँझ थुनुवा गणना गर्ने गरिन्छ ।

गणनाका क्रममा उनी फेला नपरेपछि सम्बन्धित कार्यालयमा जानकारी गराइनुका साथै खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख दिलीपकुमार घिमिरेले जानकारी दिएका छन् ।

डकैती मुद्दामा कैदी जीवन बिताइरहेका उनलाई गएको असोज ९ मा पक्राउ गरेर कात्तिक १५ मा कारागार चलान गरिएको थियो ।

सो कारागार भित्र यसअघि मादक पदार्थ सेवन गरी तास खेल्दै गरेको भिडियोसमेत सार्वजनिक भएको थियो ।

सम्बन्धित खबर