२०८१ पौष ९, मङ्गलवार , ०२:०६:१८ बजे

Sajhamanch
'

शिवसताक्षीमा सेनेटरी प्याड र डाइपर बनाउने तालिमको समापन, उत्पादन गरेको बस्तुको बजार सुनिश्चित हुनु पर्ने सहभागीहरुको माग

बिहिवार, चैत १६, २०७९

शिवसताक्षी । झापाको शिवसताक्षी वडा न. ७ चन्द्रडाँगीमा सेनेटरी प्याड बनाउने तालिमको आज समापन गरिएको छ । शिवसताक्षी नगरपालिका ११ वटै वडाहरुबाट ३÷३ जना महिलाहरुलाई सहभागी गराई उक्त तालिम दिइएको थियो ।

महिलाहरुलाई आत्म निर्भर बनाउन गएको चैत्र १० गते शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले उद्घाटन गरेकी थिइन् ।

तालिममा महिलाहरुलाई आवश्यक पर्ने पुन प्रयोग गर्ने सेनेटरी प्याड र बच्चाको डाइपर बनाउन सिकाइएको थियो ।

कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नं. ७ का भवानी विक्रम चेम्जोङ्गले तालिममा सिकेको सीपलाई व्यवहारमा उर्तान सुझाए । उनले नगर र वडाहरुमा यस्ता तालिम लिएका महिलाहरु आफुसँग सीप भएपनि बाहिर आएर काम गर्न नचाहेको बताए । आफुसँग सीप भएपछि धेरैभन्दा धेरै मात्रमा उत्पादन गरी बजारीकरण गर्न उनको सुझाब थियो ।

त्यस्तै कार्यक्रममा प्रमुख अतिथि नगरपालिकाका प्रशासन प्रमुख डिल्ली नेपालले महिलाहरुले अति नै उपयोगी सीप सिकेको बताए । उनले नगरपालिकाले बार्षिक रुपमा २० लाख बराबरको सेनेटरी प्याड खरिद गरी छात्रा विद्यार्थीहरु तथा विपन्न परिवारहरुलाई प्रदान गर्दै आएको जानकारी दिए । सेनेटरी प्याड शिवसताक्षीका महिलाहरु बाट नै उत्पादन गर्न सके त्यसलाई बजारीकरण गर्नलाई नगरपालिकाले सहयोग गर्ने उनको भनाई थियो ।

कार्यक्रममा सहभागीहरुले आफुले उत्पादन गरेको सेनेटरी प्याड तथा टाइपरको बजारको सुचिस्चित हुनु पर्ने बताए । उनीहरुले बजार सुनिस्चित गरेर विक्री वितरण गर्न कुनै संस्था वा स्थानीय निकायले सहयोग गरे जति पनि उत्पादन गर्न तयार रहेको जानकारी दिए।

तालिमको समापनमा सहभागीहरुलाई सबैलाई प्रमाण पत्र वितरण गरिएको थियो। तालिमको सहजीकरण विजेता मगर, जुनु लिङ्गदेन, मनिषा थापाले गरेका थिए। शिवसाक्षी नगरपालिकाको आर्थिक सहयोग र सम्पन्न सवल नेपाल काठमाडौको आयोजनामा उक्त तालिम दिएको हो । समापन कार्यक्रम सम्पन्न सवाल नेपालकी प्रतिनिधि लीला सिलवालको अध्यक्षमा भएको थियो ।

सम्बन्धित खबर