२०८१ मंसिर १२, बुधवार , ०४:१७:०८ बजे

Sajhamanch
'

कमलमा औलो तथा कालाजार रोगथामका लागि विषादी छर्किन थालियो

बिहिवार, चैत १६, २०७९

कमल । झापाको कमल गाउँपालिकाले औलो तथा कालाजार रोगथामका लागि विषादी छर्किने अभियान सुरु गरेको छ ।

वर्षा लाग्नासाथ लामखुट्टेको कारण मानिसमा औलो तथा कालाजार लगायतका विभिन्न महामारी फैलिन सक्ने भएकोले त्यसको रोगथामका लागि गाउँपालिकाले विषादी छर्किने अभियान सुरु गरेको हो ।

गाउँपालिका भित्र रहेका सबै बजारमा विषादी छर्किने अभियान सुरु भएको र यो अभियान १४ दिनसम्म सन्चालन हुने स्वस्थ्य शाखा प्रमुख इन्द्र अर्यालले जानकारी दिएका छन् ।

विषादी छर्किनका लागि गाउँपालिकाले जनशक्ति परिचालन गरेको छ । वडा कार्यालयसँगको समन्वयमा वडा भित्रका औलो तथा कालाजार फैलिन सक्ने सम्भावित क्षेत्रमा विषादि छर्किइने जनाइएको छ ।

सम्बन्धित खबर