२०८१ असोज ३, बिहिवार , १०:३४:४५ बजे

Sajhamanch
'

बन्दुकको छर्रा लागेर ताप्लेजुङमा एक ५८ वर्षीय पुरुषको मृत्यु

मङ्गलवार, चैत १४, २०७९

ताप्लेजुङ। सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर आठराई त्रिवेणी गाउँपालिका वडा नं. ३ हाङपाङका ५८ वर्षीय ललित गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीले ५२ वर्षीय वीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ५८ वर्षीय ललितको घटनास्थलमै मृत्यु भएको जानकारी दिएका हुन् ।

प्रहरी निरीक्षक कार्कीका अनुसार सोमबार राति करिब १० बजे कालिदह जङ्गलमा उनीहरु सिकारका लागि गएका थिए । सिकार खेल्ने क्रममा बन्दुकको छर्रा लागेर ललितको मृत्यु भएको वीरबहादुरले साविति बयान दिएको प्रहरी निरीक्षक कार्कीको भनाई छ ।

घटना लगत्तै हाङपाङ प्रहरी चौकीको टोलीले वीरबहादुरलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

सम्बन्धित खबर