२०८१ असोज २, बुधवार , ०१:३१:४७ बजे

Sajhamanch
'

हकदावी सम्बन्धी एनएमसी भद्रपुर सेवा केन्द्रको १५ दिने सार्वजनिक सूचना

मङ्गलवार, चैत १४, २०७९

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

प्रथमपटक प्रकाशित मितिः २०७९/१२/०७

जिल्ला झापा भद्रपुर–६ बस्ने स्व. जुगल शर्मा मिस्त्री (सदस्य नं. ५६२६८) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७९ साल माघ १५ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला भद्रपुर–६ बस्ने निजका भाई सन्तरा शर्माले आफ्नो दाजुको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०७९ साल फाल्गुन २८ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

— एनएमसी भद्रपुर कार्यालय

मङ्गलवार, चैत १४, २०७९ | विज्ञापन

सम्बन्धित खबर