शिवसताक्षी । झापा शिवसतक्षी नगरपालिकामा ६९.८ प्रतिशतले हात्ती पाइलेको औषधि सेवन गरेका छन् ।
शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखाले नगरका १ देखि ११ नम्बरका वडाहरुगरी जम्मा ५२ हजार १३७ जनाले हात्ती पाइलेको औषधि सेवन गरेको तथ्यांक सार्वजनिक गरेको हो ।
जसमा वडा नं. १ मा ३ हजार ७७१, वडा नं. २ मा ३ हजार ९६६, वडा नं. ३ मा ३ हजार १९९, वडा नं. ४ मा ३ हजार ८२१ जनाले हात्ती पाइलेको औषधि सेवन गरेका छन् । त्यसैगरी वडा नं. ५ मा ३ हजार २२८, वडा नं. ६ मा ३ हजार ६०३, वडा नं. ७ मा ६ हजार ८४, वडा नं. ८मा ७ हजार २०६, वडा नं. ९ मा ४ हजार ६०६, वडा नं. १० मा ५ हजार २५३ र वडा नं. ११ मा ७ हजार ४०० जनाले हात्ती पाइलेको औषधि सेवन गरेको शिवसताक्षी नगरपालिका स्वाथ्य शाखा प्रमुख हरि विमलीले जानकारी दिए ।
शिवसताक्षी नगरपालिकामा ७४ हजार ३६६ जनसंख्या मध्ये ५२ हजार १३७ जनाले हात्ती पाइलेको औषधि सेवन गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
शिवसताक्षी नगरपालिकाले फागुन ११ गते नगर प्रमुख मेगाहाङ्ग थोप्राले औषधि सेवन गरेर औषधि खुवाउन सुरु गरेका थिए । नगरपालिकाले १६ दिने अभियान सञ्चालन गरेर नगर भरीका नागरिकलाई हात्ती पाइलेको औषधि खुवाएको थियो ।