२०८१ असोज ३, बिहिवार , ०३:३३:२९ बजे

Sajhamanch
'

गौतम समाज झापाको अध्यक्षमा नीतिरमण

आइतवार, चैत ५, २०७९

कनकाई। गौतम समाज झापाको अध्यक्षमा नीतिरमण गौतम चयन भएका छन् ।

कनकाईको कोटीहोमस्थित अत्री अनुसुया भवनमा शनिबार सम्पन्न अधिवेशनले उनलाई अध्यक्षमा चयन गरेको हो । जिल्ला समितिको वरिष्ठ उपाध्यक्षमा भागवत गौतम, उपाध्यक्ष त्रयमा राजकुमार, कृष्ण र उर्मिला गौतम चयन भएका छन् ।

त्यसैगरी सचिवमा सोमनाथ गौतम पुनः दोहोरिएका छन् । सहसचिवमा विष्णुप्रसाद गौतम चयन हुँदा कोषाध्यक्षमा लक्ष्मी गौतम चयन भएको निर्वाचन समिति संयोजक मित्रप्रसाद गौतमले जानकारी दिए ।

कार्यसमितिमा प्रत्येक पालिकाबाट कम्तीमा १÷१ जना सदस्य रहने जनाइएको छ । यसअघि अध्यक्ष हरि गौतमको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन कोशी प्रदेशका प्रदेश प्रमुख बाबुराजा गौतमले गरेका थिए ।

गौतम बन्धु समाजको भवन निर्माणदेखि अक्षयकोष स्थापना तथा ज्येष्ठ पुस्ता लगायतलाई सम्मान गरिएको कार्यक्रमको सञ्चालन सोमनाथ गौतमले गरेका थिए भने स्वागत भागवत गौतमले गरेका थिए ।

सम्बन्धित खबर