२०८१ माघ १३, आइतवार , ०८:५३:४१ बजे

Sajhamanch
'

नेपाल स्काउटद्वारा राष्ट्रिय रमणीयका २५ विद्यार्थी दीक्षित

शनिवार, चैत ४, २०७९

शिवसतक्षी । झापा शिवसताक्षी नगरपालिका दूधे स्थित श्री राष्ट्रिय रमणीय आदर्श माविका २५ जना विद्यार्थीहरु दीक्षित भएका छन् ।

नेपाल स्काउट शिवसताक्षीले आज एक कार्यक्रम गरी राष्ट्रिय रमणीयका विद्यार्थीहरुलाई दीक्षित गराएको हो । नेपाल स्काउट शिवसताक्षीका संयोजक डिगम पराजुली, विद्यालयका निमित्त प्रअ लालमणी सुवेदी, शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले विद्यार्थीहरुलाई व्याज लगायतका सामाग्रीहरु वितरण गरेका हुन् ।

दीक्षान्त समारोहमा बोल्दै उपप्रमुख नरमाया कार्कीले शिवसताक्षी नगरपालिका भित्र रहेका विद्यालयमा अध्ययरत बालबालिका स्काउटमा सहभागी गराई तिनीहरूको शारीरिक, मानसिक, अनुशासित र बौद्धिक विकास गरी स्काउटको माध्यमबाट सबै क्षेत्रमा काम गर्न अब्बल बनाउने बताइन् । विद्यार्थी भनेका भविष्यका देश हाक्ने नागरिक भएकाले उनीहरुलाई विद्यालयबाट नै सबै क्षेत्रमा सक्षम बनाउन सहयोग पुग्ने कामहरु गर्दै जानु पर्ने उनको भनाई थियो ।

विश्व स्काउटद्वारा प्रतिपादित सिद्धान्त, मान्यता र भावनासँग नेपालका बालबालिका तथा युवा वर्गलाई परिचित गराउँदै जनसेवी बनाउने उद्देश्यका साथ नेपाल स्कोउटको प्रतिपादन भएको नेपाल स्काउट शिवसताक्षी संयोजक डिगम पराजुलीले बताए । उनले बालबालिका तथा युवा वर्गलाई नेपाल स्काउटको माध्यमद्वारा कर्तव्य परायण, अनुशासित, स्वावलम्बी, सच्चा चरित्रवान तथा सुयोग्य नागरिक बनाउने ।
दैवी प्रकोप तथा दुर्घटनामा परेका व्यक्तिहरूको उद्धार तथा सहायता कार्यमा नेपाल स्काउटलाई परिचालन गर्ने, गराउने । सामुदायिक सेवा तथा जनहित सम्बन्धी कार्य गर्ने गराउने भएको पनि नगरपालिका भित्रका विभिन्न विद्यालयहरुमा आवद्ध विद्यार्थीहरुले दैविक विपत्तीका बेला सहयोग पुग्ने संयोजक पराजुलीले जानकारी दिए ।

नेपाल स्काउट नेपालको स्काउटिंग र गाइडिंग संस्था भएकाले यसको स्थापना वि.सं. २००९ सालमा भएको थियो ।

सम्बन्धित खबर