२०८१ असोज ३, बिहिवार , ०७:४६:५३ बजे

Sajhamanch
'

गैसस महासंघ झापाको अधिवेशनसहितको साधारणसभा सम्बन्धी सूचना

मङ्गलवार, फागुन ३०, २०७९

गैर सरकारी संस्था महासंघ नेपाल, झापा शाखाको १०औ अधिवेशन तथा १६औं वार्षिक साधारणसभा आगामी २०७९ साल चैत्र १७ गते शुक्रबारका दिन आयोजना गर्ने गरी कार्यसमितिको बैठकबाट निर्णय भएको हुँदा गैसस महासंघ जिल्ला शाखा झापामा आवद्ध रहेका सबै गैर सरकारी संस्थाहरुलाई सूचित गरिन्छ ।

साधारणसभामा सहभागिताका लागि आर्थिक वर्ष २०७९/०८० सम्म जिल्ला प्रशासन कार्यालयबाट संस्था नविकरण गरिएको प्रमाणपत्रको प्रतिलिपि र नियमानुसारको शुल्कसहित तपसिलमा उल्लेखि व्यक्तिसँग सम्पर्क राख्न सबैमा अनुरोध गरिन्छ ।

तपसिल

सम्पर्क व्यक्तिः हरि कटुवाल
मोवाइल नं. ९८२४९६९३०१ र ९८४१२५५४२४
समयः बिहान ११ बजेदेखि
स्थानः पछि तय गरिनेछ

गैसस महासंघ झापा

सम्बन्धित खबर