बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. १ ले १७९ जना किसानलाई कृषि औजार तथा उपकरण प्रदान गरेको छ ।
वडा नम्बर १ ले वडाका किसानहरुका लागि स्प्रे मेसिन र एक चक्के ठेला उपलब्ध गराएको हो । १७९ जना किसानलाई विद्युतीय स्प्रे मेसिन, हाते स्प्रे मेसिन तथा एक चक्के ठेला उपलब्ध गराइएको वडाध्यक्ष अनिल वाग्लेले जानकारी दिएका हुन् ।
उनका अनुसार १०० जनालाई ठेला, ४१ जनालाई विद्युतीय स्प्रे तथा ३८ जनालाई स्प्रे वितरण गरिएको हो । उनका अनुसार ५० प्रतिशत अनुदानमा उक्त सामग्री किसानलाई प्रदान गरिएको हो ।
वडासचिव सञ्जय राईका अनुसार वडाले ती सामग्री वितरणका लागि केही महिना अघि सूचना जारी गरेको थियो । सूचनाका आधारमा रकम जम्मा गरेका किसान, कृषि समूहलाई सामग्री वितरण गरिएको उनको भनाई छ ।