२०८१ मंसिर ८, शनिवार , ०६:४६:३५ बजे

Sajhamanch
'

हकदाबी सम्बन्धी एनएमसी बुधबारे सेवाकेन्द्रको १५ दिने सार्वजनिक सूचना

सोमवार, फागुन २९, २०७९

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

प्रथमपटक प्रकाशित मितिः २०७९/११/२९

जिल्ला झापा बुद्धशान्ति–२ बस्ने स्व. रामकुमारी अर्याल भट्टराई (सदस्य नं. ९७२८३) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७९ साल माघ १६ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला बुद्धशान्ति–२ बस्ने निजका छोरा पुष्पराज भट्टराईले मृतकको नाममा संस्थामा मौज्दात रहेको सेयर नामसारी र बचत रकम फिर्ता गरी पाऊँ भनी सेवा केन्द्रमा मिति २०७९ साल फागुन १४ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । सम्बन्धित मृतक सदस्यको नाममा अन्य कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउन हुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

एनएमसी बुधबारे सेवाकेन्द्र

सोमवार, फागुन २९, २०७९ | विज्ञापन

सम्बन्धित खबर