बिर्तामोड । नगर खेलकुद विकास समिति बिर्तामोडले आज आइतबार २ वटा वडामा खेलकुद समिति गठन गरेको छ । वडा नम्बर ८ र वडा नम्बर ९ मा समिति गठन गरिएको हो ।
वडा नम्बर ८ मा विपिन कार्कीको अध्यक्षतमा समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा चन्द्रमणि कट्टेल र अमिनकुमार श्रेष्ठ तथा सचिवमा सरिता मैनाली चयन भएका छन् ।
यस्तै सदस्यहरुमा विजय चापागाई, शिव अधिकारी, सुरज कटुवाल, दिपेश पौडेल, सनम खान, विकेश शाह र गोमा कटुवाल रहेका छन् ।
यस्तै वडा नम्बर ९ मा विश्वदिप राजवंशीको अध्यक्षतामा वडा खेलकुद समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा कमला विष्ट, दिपेश राई र सचिवमा विवस बस्नेत चयन भएका छन् ।
समितिका सदस्यहरुमा यदु गौतम, पारस थपलिया, रोजिना राजवंशी, प्रकाश बराइली, पारस राजवंशी, पर्वत मर्डी र पवन सुवेदी रहेको जनाइएको छ ।
वडा नम्बर ८ मा वडाअध्यक्ष अजय कार्की र वडा नम्बर ९ मा वडाअध्यक्ष हरिप्रसाद चौलागाई लगायत जनप्रतिनिधि र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा समिति निर्माण गरिएको नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीले जानकारी दिा छन् ।
यसअघि बिर्तामोड वडा नम्बर १, २, ३ र ४ मा समिति निर्माण कार्य सम्पन्न भइसकेको छ । बाँकी वडाहरुमा पनि क्रमशः खेलकुद समिति निर्माण गर्दै लैजाने नगर खेलकुद विकास समिति सदस्य विशाल अग्रवालले बताए ।