असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा
प्रथमपटक प्रकाशित मितिः २०७९/११/२१
जिल्ला झापा बिर्तामोड–५ बस्ने स्व. मनोज ढुङ्गेल (सदस्य नं. १०१८८४) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७९ साल असोज २४ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला बिर्तामोड–५ बस्ने निजकी श्रीमती रेजिना दाहालले मृतकको नाममा संस्थामा मौज्दात रहेको सेयर नामसारी र बचत रकम फिर्ता गरी पाऊँ भनी सेवा केन्द्रमा मिति २०७९ साल फागुन ४ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । सम्बन्धित मृतक सदस्यको नाममा अन्य कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।
एनएमसी बिर्तामोड सेवा केन्द्र