२०८१ पौष ८, सोमवार , १२:०२:३२ बजे

Sajhamanch
'

शिवसताक्षीमा प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारिता बढ्दै

बिहिवार, फागुन २५, २०७९

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई विकास निर्माण सँग जोड्दै श्रमिकहरुलाई काममा लगाएको छ।

कतिपय नगरपालिकाले प्रधामन्त्री रोजगार कार्यक्रम अन्तर्गतका श्रमिकहरुलाई घाँस काट्ने वा अन्य स–साना कामहरुमा लगाउँदै आएका बेला शिवसताक्षी नगरपालिकाले भने नगरपालिकाको योजनाहरुमा श्रमिकहरुलाई लगाएको पाइएको हो ।

रोजगारीमा कार्यरत श्रमिकहरुले ह्यमपाइप राख्ने, कल्भर्ड निर्माण गर्ने, तार जाली बन्ने, मन्दिर निर्माण गर्ने काममा खटाइएको शिवसताक्षी नगरपालिकाले जनाएको छ। प्रधान मन्त्री रोजगारका कार्यक्रममा कार्यरत श्रमिकहरुलाई १०० दिनको ज्यालादारीमा उनीहरुको क्षमता हेरेर काममा लगाइएको शिवसताक्षी रोजगार संयोजक विदुर तिम्सिनाले बताए ।

शिवसताक्षी नगरपालिकाका प्रत्येक वडाहरुले ४० लाख बराबरको सिलिङ बजेट, रोजगार कार्यक्रमसँग साझदारीमा सञ्चालन गरिहेको छ ।

शिवसताक्षीमा प्रधान मन्त्री रोजगार कार्यक्रमलाई अलि फरक तरिकाले सञ्चालन गरिरहेको नगरप्रमुख मेगाहाङ्ग थोप्राले बताए । श्रमिकहरुले नगरको ठोेस कामका लागि लगाइएको छ । नगरप्रमुखले भने, रोजागर कार्यक्रमका श्रमिकले यहाँ काम गर्दा श्रमिकको पनि काममा दक्षता र क्षमतामा पनि बृद्धि हुँदै गएको छ । शिवसताक्षीमा बेरोजगार श्रमिकहरुको आवेदन कम परेका कारण नै माथिबाट बजेट कम आउँने भएकाले आ.व. २०८०÷०८१का लागि नगरका धेरै भन्दा धेरै बेरोजगार व्यक्तिहरुले आवदन नगर प्रमुख थोप्राले आग्रह समेत गरेका छन् ।

प्रधानमन्त्री कार्यक्रममा कार्यरत एक श्रमिकले सय दिनमा ५७ हजार ७ सय नगद प्राप्त गर्ने छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमले हामी काम नपाएर बसेकाहरुलाई धेरै राहत भएको श्रमिक सुदिन्रा दर्जीले बताइन् । सय दिनको कामले पनि छोरा छोरीहरुलाई कापी, पेन्सील लगायतका सामाग्रीहरु किन्न सहयता गरेको छ । उनले भनिन् ,बाह्रै महिना यसरी नै हामीलाई काम दिन सके विहान बेलुकाको छाक टार्न र छोरा छोरी पठाउन सकिने थियो ।

नगरपालिकामा पौष ९ गतेदेखि ६१ जना श्रमिकले काम गरिरहेका छन् । हाल श्रमिकहरुबाट ९ ओटा योजनामा काम सम्पन्न भएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

सम्बन्धित खबर