२०८१ असोज ३, बिहिवार , ०७:०९:५८ बजे

Sajhamanch
'

पतन्जली योग समिति झापाको पुनःगठन

बुधवार, फागुन २४, २०७९

झापा । पतन्जली योग समिति झापाले मंगलबार जिल्ला सम्मेलन तथा होली मिलन कार्यक्रमका बीच संगठन सुदृढीकरण अभियान सम्पन्न गरेको छ ।

पतन्जली योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी लबदेव मिश्रको प्रमुख आतिथ्य तथा झापा जिल्लामा रहेका योग शिक्षकहरुको उपस्थितिमा कार्यक्रम गरिएको हो । सो कार्यक्रममा झापाको संगठनलाई अझ प्रभावकारी बनाउन तत्काल रहेको समितिमा नयाँ सदस्य थप गरी १९ सदस्यीय कार्यसमिति बनाइएको छ ।

समितिको अध्यक्षमा देवीप्रसाद घिमिरे, उपाध्यक्ष कैलाश डाँगी, महामन्त्री सुशिल निरौला, संगठन मन्त्री रुद्र ओली र कोषाध्यक्षमा जगन्नाथ खनाल चयन भएका छन् ।

यस्तै नयाँ समितिको मन्त्रीमा निर्मल बाँस्तोला, मिडिया प्रभारी उमानाथ भण्डारीलाई चयन गरिएको कोशी प्रदेश समितिका महामन्त्री लक्ष्मीप्रसाद काफ्लेले जानकारी दिएका छन् ।

त्यसैगरी सदस्यमा दुर्गाप्रसाद भण्डारी, कृष्णप्रसाद ओझा, हरि पाठक, लक्ष्मीप्रसाद ढुङ्गाना, तेजमणि प्रसाईं टीकाराम उप्रेती, रुपक बजगाईं, हरि कार्की, टीकाप्रसाद कट्टेल, नारायण ढकाल र राजकुमार राजवंशीलाई चयान गरिएको प्रदेश महामन्त्री काफ्लेले जानकारी दिए ।

त्यसैगरी देवीचरण भण्डारीको संयोजकत्वमा ९ सदस्यीय सल्लाहकार समिति चयन भएको छ । समितिको सदस्यमा फणिन्द्र भट्टराई, समिन रिजाल, बिक्रम कार्की, ज्वाला निरौला, धनकेशर बस्नेत, नारद प्याकुरेल, भोजराज ढकाल, कृष्ण चुडाल छनौट भएका छन् ।

सम्बन्धित खबर