२०८२ जेठ २५, आइतवार , ०४:१२:०१ बजे

Sajhamanch
'

आफ्नो जन्म दिनमा तुम्बापोद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

मङ्गलवार, फागुन २३, २०७९

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नम्बर ९ निवासी बीर प्रसाद तुम्बापोले जन्म दिनमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् ।

मंगलबार समाजसेवी वीर प्रसाद तुम्बापोले आफ्नो जन्म दिनको अवसर पारेर सतासी प्राथमिक विद्यालयका ३५ जना विद्यार्थीहरुलाई कापी, प्यान्सिल र मिठाई वितरण गरेर जन्म दिन मनाएका छन् ।

तुम्बापोले विद्यालय विदा परेपछि विद्यार्थी र शिक्षकलाई विद्यालय बोलाएरै शैक्षिक सामाग्री वितरण गरेका विद्यालयले जनाएको छ । जन्म उत्सवका नाममा गरिने फजुल खर्चलाई कटाएर समाजको केही राम्रो कामका लागि गरियोस भन्ने उदेश्यका साथ विद्यालयमा जन्म दिन मनाएको छोरा अजेन तुम्बापोले बताए।

तुम्बापोले विभिन्न उत्सवको अवसरमा यस अघि पनि थुप्रै सामाजिक काम गरिरहेका छन्। तुम्बापो परिवारले आफ्नो वडामा गरेको सामाजिक कामको उच्च सम्मान हुने गरेको स्थानीय मिरा चौधरीले बताएकी छन् ।

यहि अवसरमा बिध्यालयका लागि २ थान पंखा र केही नगद पनि प्रदान गरेका छन् । विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष समेत रहेका तुम्बापोले विद्यालय आवश्यकता अनुसार केही सानोे सहयोग गरेको बीर प्रसाद तुम्बापो सुनाए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ज्ञान बहादुर बि.क. विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश तुम्बापो, शिक्षक सारदा सुब्बा, कर्मचारी सुकदेव चौधरी लगायतको उपस्थिति गरेको थियो ।

मङ्गलवार, फागुन २३, २०७९ | समाज