बिर्तामोड । नेकपा एमालेले सञ्चालन गरेको दुई महिने मिसन ग्रासरुट अभियानको सार्थक कार्यान्वयन गर्दै आज बिर्तामोड नगरपालिका वडा नं. ३ कमिटीले अखिल नेपाल महिला संघ ३ नं वडा कमिटीको अधिवेशन सम्पन्न गरेको छ ।
नेकपा एमालेका कोशी प्रदेश कमिटी सदस्य, अनेमसंघ कोशी प्रदेश कमिटी सदस्य तथा जिल्ला समन्वय समिति झापाका उपप्रमुख शान्ता रोक्काको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न गरिएको हो । वडा कमिटीका अध्यक्ष कुमार बुढाथोकी र वडा कमिटीका सहइन्चार्ज कोशिस घिमिरेको विशेष पहलका अनेमसंघको वडा अधिवेशन सम्पन्न गरिएको जनाइएको छ ।
अनेमसंघ बिर्तामोड ३ को प्रथम वडा अधिवेशनले मिना पाठक शिवाकोटीको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटीको गठन गरेको छ । कमिटीको उपाध्यक्षमा सविना पोखरेल, सचिवमा पार्वता न्यौपाने र कोषाध्यक्षमा प्रमिला लिङ्दम चयन भएका छन् ।
प्रितिका गौतमको अध्यक्षतामा वडा अधिवेशन सम्पन्न भएको एमाले वडा कमिटी अध्यक्ष बुढाथोकीले जानकारी दिए ।