२०८१ पौष ८, सोमवार , १०:३२:५४ बजे

Sajhamanch
'

सांसद साँवाको पहलमा संगम बस्तीमा सिचाई, नगरप्रमुखले पनि दिए बधाई

मङ्गलवार, फागुन १६, २०७९

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ९ स्थित संगम बस्तीमा यतिबेला सिंचाईको प्रबन्ध मिलेको छ । वर्षौदेखि सुख्खा ग्रस्त क्षेत्रमा किसानले पहिलो पल्ट सिंचाईबाट पानी आउँदा खुसी व्यक्त गरेका छन् ।

झापा क्षेत्र नं. ४ का सांसद एलपी साँवा लिम्बुले त्यस क्षेत्रका किसानका लागि सिचाई आयोजना अन्तर्गत डिप बोर्डिङ्गबाट पानी निकाल्न सफल भएका छन् ।

स्थानीय मानबहादुर फुयलले सिंचाईका लागि ५ धुर जग्गा प्रदान गरेपछि उक्त स्थानमा डिप बोडिङ्ग गडान गरी पानी निकाल्न सफल भएको सांसद साँवाले जानकारी दिए । उनको अनुसार समितिका अध्यक्ष मेदनी दंगालको सक्रियताले पनि काम छिटो भएको हो ।

तराई मधेश कार्यक्रम अन्तर्गत सिंचाई विभागबाट विनियोजित ६० लाखको लागतमा डिप बोर्डिङ्ग गडान गरी यहाँका कृषकलाई खेतीका लागि पानी निकाल्न सफल भएको सांसद साँवाको भनाई छ ।

सिंचाईका लागि ५० केभिए क्षमताको ट्रान्सफर्मर मिटर जडान भईसकेको छ । जसबाट संगम बस्तीका १ सय किसानका ६० विगाह जग्गा सिंचित हुने छ ।

उक्त डिप बोरिङ्गको उद्घाटनका क्रममा बोल्दै शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोेप्राले संगम चौकमा खाने पानी कै अवस्था पनि नाजुक रहेका बेला यस बस्तीमा यहाँका किसानलाई खेती पातीका लागि पानीको व्यवस्था भएको बताए । यस योजना सफल पार्न भूमिका खेल्नु हुने सांसद साँवालाई धन्यवाद दिएका छन् । उनले धेरै सिचाई र खानेपानीका योजनाहरु अलपत्र भएको अवस्थामा यो योजना सफल भएर किसानलाई राहत पुग्ने निश्चित भएको भन्दै किसानहरुलाई पनि बधाई दिएका थिए ।

संगम चौक जहिले ओझेलमा परेको गुनासो सम्बोधन गर्ने गरी सडक कालो पत्रेका लागि पनि सांसद एलपी साँवा र म आफै पनि लागि परिरहेको नगरप्रमुख थोप्राको भनाई थियो ।

डिप बोरिङ्ग सिंचाईका समितिका अध्यक्ष मेदनी दंगालले स्थानीय स्तरमा रहेर यहाँका आवश्यकतालाई हेरी योजना निर्माण गरी सम्बन्धित ठाउँमा पठाउने काम गरेको बताए । अध्यक्ष नै सक्रिय हुँदा काम छिटो हुँदो रहेछ भन्ने प्रमाण यो योजना पनि हो । उनले भने, समितिले बेला बेलामा घच्याई राख्यौ यसले आज खुसी दिएको छ । अब यहाँका किसानहरुले राहत पाउने भएका छन् । यो बर्षौ पछिको सफलता हो ।

लामो समयपछि सुख्खा ग्रस्त क्षेत्रमा सिंचाईको सुविधा भएपछि अब किसानहरुले मकै, धान, बेमौसमी तरकारी खेती गरी उत्पदान बृद्धि गर्न सक्ने देखिएको छ ।

मङ्गलवार, फागुन १६, २०७९ | विविधा, समाज