२०८१ पौष ८, सोमवार , १२:०४:५९ बजे

Sajhamanch
'

शिवसताक्षीको एघारौं नगरसभा, उत्कृष्ट पाँच कर्मचारी सम्मानित

शुक्रवार, फागुन १२, २०७९

शिवसताक्षी । शिवसताक्षी नगरपालिकालको ११ औं नगरसभामा पाँच जना उत्कृष्ट कर्मचारीहरु सम्मानित भएका छन् । नगरपालिकाको कार्यालयमा नगरसभाको अवसरमा उत्कृष्ट पाँच जना कर्मचारीहरुलाई सम्मान गरिएको हो ।

उनीहरुलाई नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोषन), उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले सम्मान पत्र तथा नगर पुरस्कार प्रदान गरेका थिए । नगरपालिकाले सम्मानित कर्मचारीहरुलाई जनही ७ हजार प्रदान गरेको थियो ।

सम्मानित हुनेहरुमा अधिकृत छैटौ योजना शाखाका प्रकाश रन्जितकार, वडा नं. ७ का वडासचिव धनराज इम्बुङ्ग, वडा नं. ८ को आधारभूत स्वास्थ्यकेन्द्रमा कार्यरत एचए सोनी लिम्बु, वडा नं. ५ मा कार्यरत कार्यालय सहयोगी भुटलाल ताजपुरिया, फोहोर मैला व्यवस्थापनका सवारी चालक उमेश दाहाल रहेका छन् ।

नगरसभामा बोल्दै नगरप्रमुख थोप्राले आफु निर्वाचित हुँदा पहिलो घोषणा गरिएको दमकल खरिदको काम अब अन्तिम चरणमा रहेको बताए । शिवसताक्षी नगरपालिकाले दिएको मापदण्ड अनुसारको दमकल सम्बन्धित ठाउँमा बनाई सकेको र अब ल्याउने प्रकृया अघि बढेको जानकारी दिए । त्यस्तै उनले शिवसताक्षी नगरबासीको मृत्यु वरण भए सवलाई घाट सम्म पु¥याउने सवबहान पनि ल्याइसकिएको बताए । सब बाहन खरिद गरी त्यसमा आवश्यक उपकरण जडानका लागि विर्तामोडमा काम भइरहेको बताए ।

दमक कल र सव बहानलाई आवश्यक पर्ने जनशक्तिलाई नगरका सवारी चालक तथा नगरप्रहरीलाई तालिम दिई परिचालन गर्ने बताइएको छ।

जंगली हात्तीले धन जनको क्षति गरेमा नगरबासीलाई थोरै भए पनि राहत होस् भन्ने उद्देश्यले राहत उपलब्ध गराउन थालिएको नगरप्रमुख थोप्राको भनाई छ ।
नगर उपप्रमुख नरमाया कार्कीले नगरपालिका, संघ र प्रदेशबाट विनियोजित बजेटबाट गरिएका हालसम्मका प्रगति विवरण प्रस्तुत गरेकी थिइन् । उनले नगरपालिकाले देशैमा तरलता आउँदा नगरपालिकाको बजेटमा पनि असर परेको भन्दै आन्तरिक स्रोतको पहिचान गर्नु पर्ने बताइन् ।

नगरसभामा प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले लेखा परिक्षण प्रतिवेदनमा नगरपालिकालाई दिएको सुझाबहरु जनप्रतिनिधिहरुलाई सुनाएका थिए । नगरपालिकाले प्रशासनिक काममा धेरै सुधार गर्नु पर्ने सुझाब रहेको उनले बताए । नगरपालिकाले बजेट विनियोजन गर्दा परिणाम देखिने काममा मात्र विनियोजन गर्नुु पर्ने सुझाब आएको र नगरपालिकाले गर्ने केही कामहरुमा कार्यविधि नै बनाएर लागु गर्नु गर्दा मात्रै बेरुजु नआउने भएकाले अब हरेक काममा सुधार गर्दैै जानु पर्ने उनको भनाई थियो ।

नगरसभामा विषयगत समितिहरुले विधेक पारित गराए । यस अघि नगरपालिकाले विनियोजित बजेट, खर्च नभएकालाई उपलब्धि मुलक कामका लागि शिर्षक परिवर्तन गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

सम्बन्धित खबर