२०८१ मंसिर ९, आइतवार , ०६:२५:५२ बजे

Sajhamanch
'

बिर्तामोड १ का दुई विपन्न महिलालाई वडाले दियो ठेला भ्यान

शुक्रवार, फागुन १२, २०७९

बिर्तामोड। बिर्तामोड नगरपालिका वडा नम्बर १ ले अति विपन्न दुई जनालाई ठेला भ्यान वितरण गरेको छ । वडाले विपन्न रोजगार कार्यक्रम अन्तर्गत उक्त सामग्री वितरण गरेको हो ।

ठेला भ्यान पाउनेहरुमा स्थानीय लक्ष्मी राजवंशी र गोमादेवी पोख्रेल गौतम रहेका छन् । उनीहरुलाई ३५ हजार रुपैयाँ प्रतिगोटाका दरले निर्माण भएको ठेला भ्यान वितरण गरेको वडाअध्यक्ष अग्निप्रसाद पाण्डेले जानकारी दिएका छन् ।

मागका आधारमा राजवंशी र गौतमलाई ठेला भ्यान वितरण गरिएको वडासचिव टिका अधिकारीले बताइन् । वडाबाट ठेलाभ्यान पाएपछि आफूलाई गरिखानका लागि सहयोग पुगेको गौतमले बताएका छन् । श्रीमानको देहावसान भए पछि परिवार पाल्न सकस व्यहोर्दै आएकी गौतमले भ्यान पाउँदा खुशी हुँदै अब सो भ्यानमा राखेर चटपटे लगायतका परिकार बेच्ने लैजाने बताइन् ।

वडा कार्यालयले हरेक वर्ष विपन्न रोजगार कार्यक्रम अन्तर्गत रहेर अतिविपन्न परिवरलाई सहयोग पुर्याउँदै आएको जनाइएको छ ।

सम्बन्धित खबर