२०८१ पौष ७, आइतवार , ०७:५७:४८ बजे

Sajhamanch
'

बैंक तथा वित्तीय संस्थाहरु नेकपाको निशानामा !

मङ्गलवार, फागुन ९, २०७९

झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पूर्वको मेची ब्युरो अन्तर्गतका झापा, इलाम र पाँचथर जिल्लामा रहेका बैंक तथा लघुवित्त तथा वित्तीय संस्थाहरुको निगरानी बढाएको छ।

पछिल्लो समय लघुवित्त तथा वित्तीय संस्थाहरुले नियम विपरीत चर्को ब्याजमा ऋण लगानी गर्ने गरेको र समयमा किस्ता बुझाउन नसक्ने ऋणिहरुलाई धाक तथा धम्की दिएको पीडितको उजुरीपछि पार्टी उक्त निर्णयमा पुगेको जनाइएको छ ।

केही समयदेखि पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंह सीको नेतृत्वको टोलीले जनतामाझ प्रत्यक्ष गएर जनताका समस्या तथा गुनासो बुझिरहेको अवस्थामा यस्तो गुनासो आएको हो ।

‘पार्टीका नेता कार्यकर्ताहरु वित्तीय संस्थाका कार्यालयहरुमा पीडितसहित छलफल गरिरहेका छौं’ ब्युरो इन्चार्ज सुमनसिंह सी ले चेतावनी दिदै भनेका छन्, ‘जनता ठग्ने बैंक तथा वित्तीय संस्थाहरु नसच्चिए कारबाही गरिने छ ।’

सम्बन्धित खबर