२०८१ पौष ८, सोमवार , ०९:३२:१२ बजे

Sajhamanch
'

अवका युवालाई उद्योगसँग जोड्नु पर्छः सांसद साँवा

सोमवार, फागुन ८, २०७९

दमक । झापा क्षेत्र नंं ४ का प्रतिनिधिसभा सांसद एलपी साँवा लिम्बुले अबको पुस्तालाई उद्यमसँग जोड्न सिकाउनु पर्ने बताए । युवा पुस्ता पठ्नका लागि विदेश जाने र उतै बस्ने प्रचलन रहेको हुँदा युवाहरुलाई उद्योगका बारेमा पढाएर आफ्नै गाउँमा उद्योग सञ्चालन गर्न अभिप्रेरित गर्नु पर्ने बताए।

डाइनामिक पब्लिक लाईब्रेरिको तेस्रो महाधिवेशनलाई उद्धघाटन गर्दै सांसद साँवाले अहिले देशमा आर्थिक संकट आउनुमा यूवाहरुलाई आफ्नै ठाउँमा उद्यमशिल बनाउन नसकेर पनि रहेको जानकारी दिए ।

‘विदेशमा रहेका यूवाहरुले पठाएको रेमिटेन्सका भरमा चल्ने देश केहि महिना मात्रै त्यो रेमिटेन्स आउन बन्द भयो भने अन्तराष्ट्रिय मुद्रा सन्चिति नै घट्छ, उनले भने, यसको असर यहाँका आयातमा पर्छ आयातमा परेको प्रभावले राज्यको राजस्व संकलनमा असर पर्छ र देशमा अहिलेको जस्तो आर्थिक संकट आउँछ ।’

सांसद साँवाले यो कुराको ब्रेक गर्नु पर्ने बताए । उद्यम गरेर बस्नु पर्छ भन्ने कुराको भावना विकास गराउँदै त्यसको वातावरण बनाउन सरकारले नीतिगत रुपमा सुधार गर्दै जानु पर्ने उनको भनाई थियो ।

सम्बन्धित खबर