२०८१ माघ १२, शनिवार , ०२:१४:५२ बजे

Sajhamanch
'

मेचीनगरमा जग्गा वर्गीकरणको कार्य अन्तिम चरणमा

सोमवार, फागुन ८, २०७९

मेचीनगर । मेचीनगर नगरपालिकामा जग्गा वर्गीकरणको कार्य अन्तिम चरणमा पुगेको छ । मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगरमा जग्गा वर्गीकरणको सम्पूर्ण प्रकृया पूरा भएको बताएका हुन् ।

नगर प्रमुख बुढाथोकीले नगरका १५ वटै वडाको जिआइएस प्रणालीको माध्यमबाट धमाधम काम भइरहेकोले जतिसक्दो चाँडै काम टुंग्याइने पनि बताएका छन् । सरकारले केही महिना अघि जग्गाको वर्गीकरण अनुसार त्यसको उपयोग गराउने नीतिलाई कार्यान्वयन गर्न आवश्यक पर्ने नियमावली जारी गरेको थियो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जारी गरेको भू–उपयोग नियमावलीमा जग्गालाई विभिन्न १० वटा समूहमा वर्गीकरण गर्न निर्देशन गरिएको छ । कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्त्विक महत्व र आवश्यकता अनुसार तोकिएका अन्य क्षेत्र छन् ।

यसैका आधारमा रहेर नगरका १५ वटा वडामा जग्गा वर्गीकरण भइरहेको नगर प्रमुख बुढाथोकीले बताए । नगर प्रमुख वुढाथोकीले अबको एक हप्ता भित्रमा जग्गा वर्गीकरण सहितको मेचीनगरको नयाँ नक्सा जारी गरिने पनि बताएका छन् ।

सम्बन्धित खबर