२०८१ असोज ३, बिहिवार , ०३:३९:०५ बजे

Sajhamanch
'

बिर्तामोडका दशनामीले सम्झिए जग्गादाता

शनिवार, फागुन ६, २०७९

बिर्तामोड । नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले शिवरात्री पर्वको अवसर पारेर जग्गादाता स्व. मानबहादुर गिरीको स्मृति दिवस मनाएको छ ।

नगर समितिले शनिवार बिर्तामोडमा शिवरात्रीको दिन भगवान शिव र दशनामीहरुका कुलगुरु शंकराचार्यको तस्वीरमा फुलगुच्छा माल्यार्पण गरी शिवरात्री पर्व मनाएको हो । त्यस्तै नेपाल दशनामी समाज झापाको भवनका लागि जग्गा प्रदान गर्ने स्व. मानबहादुर गिरीको तेस्रो स्मृति दिवस मनाएको हो ।

नगर अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको स्मृति सभामा नेपाल दशनामी समाज केन्द्रीय बरिष्ठ उपाध्यक्ष गोबिन्द बिक्रम गिरीको प्रमुख आतिथ्य रहेको थियो । नगर समितिका वरिष्ठ उपाध्यक्ष नारायण गिरीले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि गोविन्द बिक्रम गिरी, समाजका केन्द्रीय सल्लाहकार हर्कलाल गिरी, समाजका प्रदेश १ निवर्तमान अध्यक्ष चन्द्रप्रसाद गिरी, प्रदेश १ सह–सचिव उमेश भारती, झापा अध्यक्ष केदार गिरी, वातावरण तथा पर्यावरणविद रुद्रप्रसाद गिरी लगायतले मन्तव्य राखेका थिए ।

सोही कार्यक्रममा वातावरण तथा पर्यावरणविद् रुद्रप्रसाद गिरीले नेपाल दशनामी समाज झापा तथा उपस्थित रहेका बन्धुहरुलाई रुद्राक्षको विरुवा प्रदान गरेका थिए । कार्यक्रमको सञ्चालन समाजका नगरसचिव उद्धव पुरीले गरेका थिए ।

सम्बन्धित खबर