२०८१ पौष २७, शनिवार , ०५:४४:०१ बजे

Sajhamanch
'

कागज उधोगमा ड्रम पड्किदा एकको मृत्यु, तीन घाइते

शुक्रवार, फागुन ५, २०७९

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष कृष्णप्रसाद खरेलले सञ्चालन गरेको खरेल नेपाली हातेकागज उद्योगमा आज दिउँसो भएको ड्रम बिष्फोटमा परी त्यहाँ कार्यरत एकजना मजदुरको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

नेपाली कागज बनाउन लोक्ता पकाउँदै गरेको फलामको ड्रम बिष्फोट हुँदा उक्त घटना भएको प्रहरीले जनाएको छ । सो घटनामा घाइते भई उपचारार्थ मेची प्रादेशिक अस्पताल लगिएका सरोज सुन्दासको मृत्यु भएको हो ।

मृतक सुन्दास सो उद्योगमा लोक्ता पकाउने प्राविधिकका रुपमा कार्यरत थिए । घटनामा घाइते भएका अन्य तीनजनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिएका छन् ।

मृतक सुन्दास खोटाङको मानेभन्ज्याङ गाउँपालिका वडा नं. ३ घर भएका १९ वर्षीय युवा हुन् । घटनाको जानकारी पाए लगत्तै बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतारा प्रसाई, प्रवक्ता अग्निप्रसाद पाण्डे लगायत वडाध्यक्षहरु घटनास्थलमा पुगेका थिए ।

सम्बन्धित खबर