२०८१ पौष २६, शुक्रवार , ०३:३२:५५ बजे

Sajhamanch
'

नेकपा एमालेको ‘ग्रास रुट’ अभियान आजबाट सुरु हुँदै

शुक्रवार, फागुन ५, २०७९

काठमाडौं । नेकपा एमालेको ‘ग्रास रुट’ अभियान आजबाट सुरु हुँदैछ । २६ माघमा बसेको एमाले स्थायी कमिटीको बैठकले ग्रास रुट अभियान सुरु गर्ने निर्णय गरे अनुसार आजबट देशैभर यो अभियान सञ्चालनमा आउन लागेको हो ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५ फागुनमा सात प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भर्चुअल सम्बोधन गरेर अभियानको सुरुवात गर्ने एमालेले जनाएको छ ।

एमालेका अनुसार बैठकले अभियानको उद्देश्य, कार्ययोजना र कार्यादेशका बारेमा छलफल गरेर टुङ्गो लगाउँदैछ । अभियान अन्तर्गत पार्टी केन्द्रीय कमिटीका सदस्यहरू पालिका तहमा दुई महिना खटिनेछन् । जसअनुुसार एक केन्द्रीय सदस्यलाई ३ वटासम्म पालिकाको जिम्मेवारी दिइएको छ ।

कसलाई कहाँको जिम्मेवारी ?

प्रदेश–१ : उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सचिव टोपबहादुर रायमाझी र नेताहरु शेरधन राई, अग्निप्रसाद खरेल, राजेन्द्रप्रसाद गौतम र हिक्मत कार्की ।

मधेश प्रदेश : वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिव रघुवीर महासेठ, नेताहरु गुरुप्रसाद बराल, लालबाबु पण्डित र सीता पौडेल

बागमती प्रदेश : उपाध्यक्ष सुरेन्द्र पाण्डे, गोकर्णराज विष्ट, काशिनाथ अधिकारी, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ र शेरबहादुर तामाङ

गण्डकी प्रदेश : उपाध्यक्ष युवराज ज्ञवाली, सचिव पद्माकुमारी अर्याल, नेताहरु किरण गुरूङ, खगराज अधिकारी र थममाया थापा

लुम्बिनी प्रदेश : उपाध्यक्ष रामबहादुर थापा, छविलाल विश्वकर्मा, भीम आचार्य, राजन भट्टराई र शिवमाया तुम्वाहाम्फे ।

कर्णाली प्रदेश : उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, सचिव योगेशकुमार भट्टराई, भानुभक्त ढकाल, यामलाल कँडेल र गोरखबहादुर बोगटी

सुदूरपश्चिम प्रदेश : उपाध्यक्ष विष्णुप्रसाद पौडेल, लेखराज भट्ट, मणिचन्द्र थापा, विन्दा पाण्डे र कर्णबहादुर थापा ।

विशेष कमिटी (केन्द्रीय कार्यालय) : महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरूङ, विष्णु रिमाल र नेता डा. भीष्म अधिकारी ।

सम्बन्धित खबर