२०८१ माघ १२, शनिवार , ०६:४१:५० बजे

Sajhamanch
'

हल्दीबारीको शान्ति वनमा धुलाबारीका खनाल मृत फेला

बिहिवार, फागुन ४, २०७९

हल्दिबारी । मेचीनगरको ईटाभट्टामा रहेको मेची कृषक सहकारीमा कार्यरत बजार प्रतिनिधि कर्मचारी घरबाट हराएको ६ दिनपछि हल्दिबारीको जंगलमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

मेचीनगर नगरपालिका वडा नं. १० धुलाबारीका ४८ वर्षीय भेषराज खनालको शव हल्दीबारी ५ स्थित शान्ति सामुदायिक वनमा झुण्डिएको अवस्थामा बुधबार दिउँसो २ बजे फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार खनालका भाई तोयानाथ खनालले उनी २५ माघमा बिहान साढे ९ बजे सहकारीको काममा जाने भनी घरबाट बाहिरिएकोमा बेलुका घर नफर्किएको भन्दै २६ माघमा इलाका प्रहरी कार्यालय धुलाबारीमा हुलियासहितको निवेदन दिएका थिए ।

उनको खोजी भइरहेकोमा बुधबार सो वनमा सखुवाको रुखमा झुण्डिएको अवस्थामा फेला परेपछि आवश्यक कानुनी प्रकृया पूरा गरी पोष्टमार्टमको लागि उनको शव मेची अस्पताल भद्रपुर पठाइएको छ ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

बिहिवार, फागुन ४, २०७९ | समाज

सम्बन्धित खबर