२०८१ माघ १०, बिहिवार , १२:४५:४६ बजे

Sajhamanch
'

बालबालिकाको अभिनयमा ‘गाई कि त्रिशूल’ मञ्चन गरिँदै

सोमवार, फागुन १, २०७९

दमक । कदम थिएटर दमकले नाटक ‘गाई कि त्रिशूल’ मञ्चन गर्ने भएको छ । दमकमा नियमित नाटक मञ्चन गर्दै आएको कदमले मंगलबारदेखि नाटक गाई कि त्रिशूल मञ्चन गर्न लागेको हो ।

चुलाचुली रंगमञ्चको चुलाचुली नाट्य पाठशालामा मञ्चन भएको नाटक चकलेटलाई थप परिमार्जन गरेर नाटक गाई कि त्रिशूल मञ्चन गर्न लागिएको निर्देशक मनिक शंकरले जानकारी दिए ।

सर्वोदय बोर्डिङ स्कूलसँगको सहकार्यमा मञ्चन हुन लागेको नाटकमा बाल मनोविज्ञानलाई समेटिएको अर्का निर्देशक दीपक खरेलले जानकारी दिए ।

‘बालबालिकाले नियमित रुपमा पाउने दुई रुपैयाँको अभाव पछि उनीहरुको मनोविज्ञानमा परेको असरलाई नाटक गाई कि त्रिशूलले समेटेको छ’ खरेल भन्छन्, ‘यो नाटकमा बालबालिकाद्वारा नै अभिनय गरिएको, बाल मनोविज्ञान बोकेको नाटक हो । नाटक बालमैत्री पनि छ । तर यसलाई बाल नाटक भन्न हामी रुचाउँदैनौँ ।’

सामाजिक र राजनीतिक उथलपुथलले विद्यालयमा पढ्दै गरेका बालबालिकाहरुको मनोविज्ञानमा पुर्याएको असरलाई नाटकमार्फत देखाउन खोजिएको निर्देशक खरेल बताउँछन् ।

lgb]{zsM– lbks v/]n / dlgs z+s/

प्रकाश शर्मा अधिकारी र सिजन दाहालले नाट्य रूपान्तरण गरेको नाटकलाई कदम थिएटरका दिपक खरेल र मनिक शंकरले निर्देशन गरेका छन् । यो नाटक फागुन २ गतेदेखि ८ गतेसम्म मञ्चन हुने भएको छ ।

कदम थिएटरले ‘विद्यालयमा रंगमञ्च’ अभियानमा दमकका केही विद्यालयहरुमा नाटक प्रशिक्षण गराइरहेको छ । यसै अन्तर्गत यो एक वर्षमा दमक कै सर्वोदय बोर्डिङमा विद्यार्थीहरुलाई अभिनय कार्यशाला गराए पश्चात यो नाटक तयार पारिएको कदम थिएटरका कला निर्देशक सिजन दाहालले जानकारी दिएका छन् ।

‘विद्यार्थीहरुलाई किताबका शिक्षासँगै सीपयुक्त ज्ञान पनि बाँड्नु पर्छ भन्ने उद्देश्यले रुचि भएका आफ्ना विद्यार्थीहरुलाई अभिनय कक्षा गराएका हौँ’ उनले भने । नाटकमा दिप्लक राई, कुशल बस्नेत, नम्रता ओझा, गरिमा बस्नेत, अनिस्मा पौडेल, आयुस भण्डारी, सनोज तामाङ, इशान केरुङ लिम्बू, निराजन बस्नेत, मञ्जिल लिम्बू र एलेक्स नेपालीले अभिनय गरेका छन् ।

सम्बन्धित खबर