विर्तामोड । सरकारी संस्थान सवारी चालक एसोसिएसन झापाको अध्यक्षमा . गणेश नेपाल सर्वसम्मत चयन भएका छन् । सरकारी संस्थान सवारी चालक एसोसिएसनको विर्तामोड नगरपालकामा आज भएको पहिलो अधिवेशनले नेपाललाई सर्वसम्मत चयन गरेको हो ।
जसको वरिष्ठ उपाध्यक्षमा शम्भु खड्का, उपाध्यक्षमा . पबन राजबंशी, महासचिवमा भुपाल गुरुङ, सचिवमा , खेमराज नेपाल, सह सचिब . सरोज खनाल, कोषाध्यक्षमा . लिला वस्ताकोटी, सह कोषाध्यक्षमा . कर्णलाल शाह सर्वसम्मत चयन भएका हुन् । त्यस्तै सदस्यहरुमा होमनाथ भट्टराई, मुकेश गौतम, डोर ब.मगर, पराजय चौधरी, धन कु.योङ्या लिम्बू, राजु दाहाल, ललित थापा, जोगलाल राजबंशी, मनोज मण्डल रहेका छन् ।
कार्यक्रममा अबसरमा ३५ वर्ष सेवा अवधि पुरा गरेका जिल्ला प्रशासन कार्यालय भद्रपुुरका सवारी चालकको रुपमा कार्यरत बिष्णु ठकुरी सस्थाले सम्मान गरेको छ । उनलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिएको हो । त्यस्तै । दमक न.पा.को एम्बुलेन्स चालकका रुपमा कार्यरत महिला कर्मचारी लीला वास्तकोटी लाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा दमक नगरपालिकाका सवारी चालक साथीहरू बाट संकलित १२ हजार रकम दुर्घटनामा घाइते हुनुहुने जिल्ला निर्वाचन कार्यालयका पुर्व चालक जय चौधरीलाई सहयोग स्वरुप उहाँको भाईलाई हस्तान्तरण गरिएको शिवसताक्षी नगरपालिकाका सवारी चालक हरिकृष्ण घिमिरले जानकारी दिए।
कार्यक्रममको पहिलो सत्रमा झापाका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद न्यौपानेले राज्यको नीति नियम अनुसार दिनमिल्ने सेवा सुबिधा,आचरण, जिम्मेवारी,सुरक्षित यातायात आवागमन बारे सुझाप सहित आफ्नो धारण राखेका थिए । उनले महिला चालकले अबसर र चुनौती दुबैलाई हौसल्लाका साथ लिन सके हरेक कार्य सफलता पाउने र सम्मानित हुने अवसर प्राप्त हुने बताए ।
कार्यक्रममा जिल्लाका १५ वटा स्थानीय तहका र अन्य सरकारी, कार्यालयमा कार्यरत सवारी चालक कर्मचारीहरुको उपस्थिति रहेको थियो ।