२०८१ पौष २४, बुधवार , ११:५८:२२ बजे

Sajhamanch
'

सतासी सहकारीको आयोजनामा अर्जुनधारामा निःशुल्क आँखा शिविर, ३१४ जनाले लिए सेवा

शनिवार, माघ २८, २०७९

अर्जुनधारा । ‘दृष्टि जोगाऔं, अन्धोपन घटाऔं’ नाराका साथ आज अर्जुनधारा नगरपालिका वडा नं. ७ को वडा कार्यालयमा निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।

बिर्तामोडमा मुख्य कार्यालय रहेको सतासी बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा आँखा स्वास्थ्य शिविर सम्पन्न गरिएको हो । मेची नेत्रालय काँकरभिट्टाको प्राविधिक सहयोगमा आयोजित आँखा शिविरको उद्घाटन वडाध्यक्ष गोविन्दप्रसाद खतिवडाले गरेका थिए ।

संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठको अध्यक्षतामा आयोजित औपचारिक कार्यक्रमको सञ्चालन व्यवस्थापक सन्तोष श्रेष्ठले गरेका थिए ।

हेल्पिङ हेन्ड्स सामुदायिक अस्पताल काठमाडौंको समेत प्राविधिक सहयोग रहेको आँखा स्वास्थ्य शिविरमा ३१४ जनाको निःशुल्क आँखा उपचार गरिएको व्यवस्थापक श्रेष्ठले जानकारी दिए । आँखाको उपचारमा आएका विरामीलाई आवश्यकता अनुसार औषधि र चस्मा पनि निःशुल्क प्रदान गरिएको छ ।

स्वास्थ्य शिविरमा जाँच गराउन आएका सेवाग्राहीमध्ये ५ जनाको शल्यक्रिया गर्नुपर्ने भएकाले अस्पतालमा पठाइएको छ तर उनीहरुको आँखाको शल्यक्रिया पनि निःशुल्क गरिने व्यवस्थापक श्रेष्ठले बताए ।

स्वास्थ्य शिविरबाट सेवा लिएकी अर्जुनधारा वडा नं. ७ की इन्दिरा खनालले सतासी सहकारीको निःशुल्क उपचार सुविधाले अस्पताल नपुगेका धेरै मानिसलाई सहज भएको बताइन् ।

‘दुःख नपाईकन, सुविधायुक्त तरिकाले मैले पनि सेवा पाएँ, धेरै धेरै धन्यवाद’ खनालले भनिन्, ‘समाजका लागि यसरी निःशुल्क सेवा उपलब्ध गराउने सतासी सहकारीको सदस्य बनेकी थिइन अब चाहिँ म पनि सदस्य बन्छु, धेरै सुविधा पाइँदो रहेछ ।’

सम्बन्धित खबर