२०८१ पौष २६, शुक्रवार , ०३:३२:४५ बजे

Sajhamanch
'

सहयोगी मनहरु नेपालद्वारा गौरादहमा आँखा स्वास्थ्य शिविर सम्पन्न

शनिवार, माघ २८, २०७९

गौरादह। गौरादह नगरपालिका वडा नम्बर ९ मा सहयोगी मनहरु नेपालको आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

बलभद्र आधारभूत विद्यालयमा आयोजना गरिएको शिविरलाई गौरादह नगरपालिकाका नगरप्रमुख छत्रपति सुवेदीले आँखा जाँच गरेर उद्घाटन गरेका हुन् ।

शिविरमा २४६ जनाले सेवा लिएको र उनीहरुलाई आँखा जाँच र औषधी निःशुल्क वितरण गरिएको संस्थाका महासचिव विष्णु उप्रेतीले जानकारी दिएका छन् ।

चस्मा लगाउनु पर्ने विरामीहरुका लागि २०० रुपैयाँ लिएर चिकित्सकको सल्लाह अनुसारको चश्मा प्रदान गरिएको जनाइएको छ । चेक जाँचमा ६ जनाले शल्यक्रिया गर्नुपर्ने अवस्था देखिएको छ ।

शिविरलाई मेची आँखा अस्पताल बिर्तामोडले प्राविधिक सहयोग गरेको थियो । शिविरमा जेष्ठ नागरिकसँगै बालबालिका तथा वयस्क उमेर समुहकाहरुले पनि आँखा परीक्षण गराउन आएका थिए ।

शिविरमा आँखा चिलाउने, दुख्ने, पाक्ने, सुन्निने, मोतियाबिन्दु जस्ता समस्या देखिएको शिविरमा सहभागी आँखा रोग विषेशज्ञ डा. पुष्प अधिकारीले जानकारी दिएका छन् ।

गाउँका बासिन्दालाई सहज स्वास्थ्य सुविधा दिनका लागि गाउँमै स्वास्थ्य शिविर आयोजना गरिएको सहयोगी मनहरु नेपालका अध्यक्ष भीम आचार्यले बताए ।

सम्बन्धित खबर