२०८१ असोज २, बुधवार , ०८:४१:४५ बजे

Sajhamanch
'

औद्योगिक महोत्सवबाट अन्तर्राष्ट्रिय व्यापार पोलिसी सिक्न सकिने

आइतवार, माघ २२, २०७९

झापा । फागुनको पहिलो साता बिर्तामोडमा आयोजना हुने बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सवबाट यहाँका व्यवसायीले अन्तर्राष्ट्रिय व्यापार पोलिसी अनुसरण गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

महोत्सव सञ्चालनका लागि आयोजक बिर्तामोड उद्योग वाणिज्य संघले आइतबार गरेको अन्तरसंवादमा सहभागी व्यवसायी प्रतिनिधिले यस्तो विश्वास व्यक्त गरेका हुन् ।

फागुन ५ देखि १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा नेपालसहित भारत, बंगालादेश, भुटान र पाकिस्तानका उत्पादनहरुले पनि स्टल वुकिङ गरेका छन् । महोत्सवमा २०० वटाभन्दा बढी स्टल रहने बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा व्यवापार महोत्सव मूल आयोजक समितिका संयोजक राजु न्यौपाने बताउँछन् ।

मित्रराष्ट्रबाट सहभागी हुन आएका व्यवासायीले सञ्चालन गरेको व्यवसायिक स्टल र उनीहरुको व्यापार शैलीका विषयमा यहाँका व्यवसायीले अनुसरण गर्दै आगामी दिनमा व्यपार व्यवसाय सञ्चालन गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छलफलमा सहभागी वेदप्रकाश अग्रवालको भनाई छ ।

बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका अग्रवालले विदेशबाट आएका व्यापारीको विजनेश पोलिसी मात्रै यहाँका व्यापारीले ग्रहण गर्ने हो भने व्यापार प्रवर्धनमा थप टेवा पुग्ने बताए ।

यता मेची डिष्ट्रिव्युटर एशोसिएसनका अध्यक्ष राजेन्द्रकुमार थापाले महोत्सव स्थल उपभोक्ता र अवलोकन कर्ताका लागि सुरक्षित, आकर्षक र मनोरञ्जनात्मक गन्तव्य स्थलका रुपमा निर्माण हुनुपर्नेमा जोड दिए ।

महोत्सवका विषयमा आज आइतबार आयोजक समितिले मेची डिष्ट्रिव्युटर एशोसिएसन, कष्मेटिक डिलर एण्ड फुड एशोसिएसन, सौन्दर्य व्यवसायी संघ, छठ समाज सेवा समितिसँग छुट्टाछुट्टै छलफल र अन्तरसंवाद गरेको हो ।

सम्बन्धित खबर