२०८१ कार्तिक २९, बिहिवार , १२:४७:३५ बजे

Sajhamanch
'

सन नेपाल लाइफ इन्स्योरेन्स दूधे शाखाद्वारा ढुंगाना परिवारलाई १४ लाख बीमा रकम भुक्तानी

बुधवार, माघ १८, २०७९

शिवसताक्षी । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी दूधे शाखाले स्व. कमलबहादुर ढुंगानाको परिवारलाई विमा रकम भुक्तानी गरेको छ ।

शिवसताक्षी नगरपालिका वडा नं. ३ निवासी कमलबहादुरको वैदेशिक रोजगारीको क्रममा सडक दुर्घनामा परी कतारमा गएको असोज महिना मृत्यु भएको थियो ।

सन लाइफ इन्स्योरेन्स कम्पनीले उनकी श्रीमति कविता ढुंगानालाई दुधे शाखा कार्यालयमा मंगलबार १४ लाख रकम भुक्तानी दिएको हो ।

यस्तै इलामका प्रेम आचार्यले नयाँ बानेश्वरमा आत्म दाह गरेपछि सन नेपाल लाइफ इन्स्योरेन्सले मृतक आचार्यको विमा भुक्तानीका लागि प्रकृया अगाडी बढी सकेको जनाएको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्सका अनुसार आचार्यको परिवारले विमा भुक्तानी प्रकृया पुरा भएपछि ५० लाख विमा रकम र बोनस रकम प्राप्त गर्ने छन् ।

सम्बन्धित खबर