२०८१ भदौ ३१, सोमवार , ०७:३१:३७ बजे

Sajhamanch
'

हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

बुधवार, माघ १८, २०७९

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

प्रथमपटक प्रकाशित मितिः २०७९/१०/१७

जिल्ला झापा बुद्धशान्ति–७ बस्ने धामप्रसाद अर्याल (सदस्य नं. १६०७६) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७९ साल पुस २६ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला बुद्धशान्ति–७ बस्ने निजका छोराहरु नरेन्द्र अर्याल र कुलप्रसाद अर्यालले आफ्नो बाबुको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०७९ साल माघ १२ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

— एनएमसी बुधबारे कार्यालय

सम्बन्धित खबर