२०८१ भदौ ३१, सोमवार , ०२:१४:२३ बजे

Sajhamanch
'

दाउरा खरिद सिलबन्दी सम्बन्धित कोटेसन आह्वान

आइतवार, माघ १५, २०७९

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टाको

दोस्रोपटक प्रकाशित मितिः २०७९।१०।१३

इलाम जिल्ला सूर्योदय–१ स्थित संस्थाको एनएमसी चिया उद्योग, साघुँबेशीमा हरियो चिया प्रशोधन कार्यको लागि तपसिलको अवस्था र परिमाणमा दाउरा खरिद गर्नुपर्ने भएको हुँदा इच्छुक फर्म एवम् बिक्रेता व्यक्तिबाट सिलबन्दी कोटेसन आह्वान गरिन्छ ।

तपसिलः
१. दाउराको अवस्थाः अधिकतम लम्बाई ४ फुट, गोलाई ३ फुटको टुनाको साइज
२. परिमाणः ५ लाख केजी
३. बिक्रेताले आफूले बिक्री गर्न चाहेको दाउरा सूर्योदय १, साँघुवेशी चिया उद्योगसम्म ढुवानी गर्नु पर्नेछ ।
४. फर्मको तर्फबाट कोटेसन पेस गर्दा फर्मसँग सम्बन्धित आवश्यक कागजात पेस गर्नु पर्नेछ ।
५. कोटेसन पेस गर्ने अन्तिम मिति २०७९ माघ २० गते शुक्रबार कार्यालय समयसम्म तोकिएको छ ।
६. बिक्रेताले आफूले बेच्न चाहेको दाउरा स्थानीय निकाय, वन कार्यालय वा अन्य सरकारी निकायको कुनै स्वीकृति लिनुपर्ने भएमा सोको स्वीकृति लिएको प्रमाण कोटेसनमा संलग्न गर्नु पर्नेछ ।
७. कोटेसन पेस गर्दा दाउराको दर, दुवानी खर्च, टुना बनाउनुपर्ने भए सोको खर्च अन्य ज्याला भए सोसहित सम्पूर्ण खुलाई एकमुष्ट प्रतिकेजीका दरले पेस गर्नु पर्नेछ ।
८. कोटेसन संस्थाको एनएमसी चिया उद्योग, सूर्योदय १, साघुँवेशीमा पेस गर्नु पर्नेछ ।
९. उत्तिस, मलातो, शिरिस बाहेकका अन्य दाउरा स्वीकार गर्न सकिने छ ।
१०. प्राप्त कोटेसनहरु स्वीकृत गर्ने नगर्ने अधिकार संस्थामा निहित रहने छ ।

थप जानकारीका लागि मोवाइल नम्बर ९८५२६८९५१३

चिया व्यवसायगत उपसमिति