शिवसताक्षी । झापा शिवसताक्षी वडा नं.४ का ३ सय ७० जनाले निशुल्क आँखा जाँच गराएका छन् । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका आयोजना भएको एक दिवशीय निशुल्क आँखा शिविरमा वडा न ४ का नागरिकले निशुल्क आँखा जाँच गराएका हुन् ।
जसमा १७० पुरुष र २०० जना महिलाले आँखा जाँच गराएका थिए । आँखा जाँच गराएका मध्ये, ६६ जना मोती विन्दु, २५ जनामा आँखामा मासु पालएको र २ जनालाई अन्य समस्या रहेको बताइएको छ ।
शिविरमा ९३ जनालाई औषधि र ९५ जनालाई चस्मा वितरण गरिएको नेपाल बहुदेस्यीय सहकारी संस्थाले जनाएको छ । शिविरको उद्घाटन शिवसताक्षी नगरपालिका वडा नं. ४ वडाध्यक्ष विष्णुप्रसाद प्रसाईले गरेका थिए ।
निशुल्क आँखा शिविरको काँकरभिट्टा आइकेयर प्रा.लि.को प्राविधिक टोलीले सहजिकरण गरेको थियो ।
नेपाल बहुदेश्यीय सहकारीले शिवगञ्ज, बैगुनधुरा, कुन्जीबारी सेवा केन्द्रहरुलाई पायक पर्ने गरी शिवसताक्षी वडा नं. ४ बोलोचकमा आँखा शिविर सञ्चालन गरेको थियो ।