शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा न. ४ र ५ का कृषकलाई कृषि उपकरण हस्तान्तरण गरिएको छ । शिवसताक्षी नगरपालिका र विश्वडुब्बा बहुदेशीय युवा कृषक समूहको साझेदारीमा उक्त कृषि सामाग्री हस्तान्तरण गरिएको हो ।
उक्त कृषि उपकरण शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, वडा नं. ४ का वडाध्यक्ष विष्णुप्रसाईले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । कृषकका लागि स्पे्र ट्यांकी, मकै पिस्ने मेसिन, मकै छोडाउने मेसिन, धान काट्ने मेसिन, ठेला लगायतको सामाग्री हस्तान्तरण गरिएको शिवसताक्षी नगरपालिका कृषि शाखाले जनाएको छ ।
सामाग्री हस्तान्तरणको क्रममा बोल्दै नगरप्रमुख थोप्राले शिवसताक्षीको दक्षिणी क्षेत्र धेरै जसो कृषिमा निर्भर भएकाले पनि आज हस्तान्तरण गरिएको समाग्री अर्थ पूर्ण रहेको बताए । उनले कृषिलाई आधुनिकीकरण गर्दै कृषि उत्पादन बृद्धि र कृषकलाई आत्म निर्भर बनाउन शिवसताक्षी नगरपालिका सदैव लागिरहेको जानकारी दिए । शिवसताक्षीको शिवगञ्जमा कृषिका लागि व्यापारी केन्द्रको रुपमा विकास गरी यहाँका कृषकका उप्पादनहरुलाई बजारीकरण गर्न सकिने समेत नगरप्रमुख थोप्राको भनाई थियो ।
शिवसताक्षी नगरपालिका र विश्वडुब्बा बहुदेशीय युवा कृषक समूहको साझेदारीमा २५ लाख बराबरको कृषि सामाग्री वितरण गरिएको वडाध्यक्ष विष्णुप्रसाईले जानकारी दिए । उनका अनुसार वडा नं. ४ र ५ का गरी ३१ घर परिवार कृषि सामाग्री हस्तान्तरण गरिएको हो ।