बिर्तामोड । बिर्तामोड वडा नं. ४ स्थित कालिका टोलका ५० घर परिवारलाई ब्ल्याङ्केट बितरण गरिएको छ ।
स्थानीय बिलिभर्स ईस्टर्न चर्च बिर्तामोडले परिवारको आर्थिक अवस्थालाई हेरेर सामाजिक उत्तरदायित्व अन्तर्गत ब्ल्याङ्केट बितरण गरेको बताइएको छ ।
बिर्तामोड नगरपालिका वडा नं. ४ का वडाध्यक्ष राहुल शर्मा, चर्चका भिखार जनरल रेभरेन फादर डाक्टर चित्रकुमार रुपाचा, स्थानीयबासी एवम् दलित समुदायका अगुवा नेता छबिलाल बिक लगायतको उपस्थितिमा चर्चले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
हरेक वर्ष चर्चले सामाजिक उत्तरदातित्व अनुसार यस्ता प्रकृतिका सामाजिक कार्यहरु गरिरहेको चर्चका डिकन फादर समर वाग्लेले जानकारी दिएका छन् ।