२०८१ असोज ३, बिहिवार , ०९:४०:०९ बजे

Sajhamanch
'

नेपाली कांग्रेसको प्रमुख सचेतकमा भूपेन्द्र राई

सोमवार, माघ ९, २०७९

विराटनगर । नेपाली कांग्रेसको प्रदेश १ प्रदेशसभामा भूपेन्द्र राई प्रमुख सचेतकमा चयन भएका छन्।

खोटाङ प्रदेशसभा ख बाट निर्वाचित राईलाई कांग्रेस संसदीय दलका नेता उद्धव थापाले संसदीय दलको विधान बमोजिम प्रमुख सचेतक नियुक्त गरेका हुन् ।

नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को दफा ११ को उपदफा १ बमोजिम राईलाई प्रमुख सचेतक चयन गरेको नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको कार्यलयको पत्रमा उल्लेख छ।

कांग्रेस प्रदेश १ का महामन्त्रीसमेत हुन्। प्रदेश १ मा कांग्रेसका २९ सांसद छन्।

सम्बन्धित खबर