२०८१ असोज १, मङ्गलवार , ०१:२०:०४ बजे

Sajhamanch
'

हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

शुक्रवार, माघ ६, २०७९

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

प्रथमपटक प्रकाशित मितिः २०७९/१०/६

जिल्ला झापा बिर्तामोड १ बस्ने स्व. रोहिणीकुमार पोखरेल (सदस्य नं. ३३४४३) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७९ साल पौष ९ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला भद्रपुर ७ बस्ने निजका छोरा भेषराज पोखरेलले आफ्नो बाबुको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०७९ साल माघ ६ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

एनएमसी चन्द्रगढी कार्यालय

सम्बन्धित खबर