२०८१ भदौ ३१, सोमवार , ०२:४७:०० बजे

Sajhamanch
'

दाउरा खरिद सम्बन्धी शिलबन्दी कोटेसन आह्वान

शुक्रवार, माघ ६, २०७९

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

प्रथमपटक प्रकाशित मितिः २०७९।१०।६

संस्था अन्तर्गत मेचीनगर–५, सुरेन्द्रनगरस्थित चिया उद्योगमा हरियो चिया प्रशोधन कार्यको लागि तपसिलको अवस्था र परिमाणमा दाउरा खरिद गर्नुपर्ने भएको हुँदा इच्छुक फर्म तथा बिक्रेता व्यक्तिबाट सिलबन्दी कोटेसन आह्वान गरिन्छ ।

तपसिलः
१. दाउराको अवस्थाः अधिकतम लम्बाई– २ फुट, गोलाई– १.५ फुट टुना साइज
२. परिमाणः १ लाख केजी
३. बिक्रेताले आफूले बिक्री गर्न चाहेको दाउरा मेचीनगर–५ सुरेन्द्रनगर उद्योगसम्म ढुवानी गर्नुपर्नेछ ।
४. फर्मको तर्फबाट कोटेसन पेस गर्दा फर्मसँग सम्बन्धित आवश्यक कागजात पेस गर्नुपर्नेछ ।
५. कोटेसन पेस गर्ने अन्तिम मिति २०७९ माघ १२ गते बिहीबार कार्यालय समयसम्म तोकिएको छ ।
६. कोटेसन पेस गर्दा दाउराको दर, दुवानी खर्च, टुना बनाउनु पर्ने भए सोको खर्च र अन्य ज्याला भए सोसहित सम्पूर्ण विवरण खुलाई एकमुष्ट        प्रति केजीका दरले पेस गर्नुपर्नेछ ।
७. कोटेसन संस्थाको एनएमसी चिया उद्योग, मेचीनगर–५, सुरेन्द्रनगरमा पेस गर्नु पर्नेछ ।
८. शिरिस, कदम र आँपको रुखका बाहेकका अन्य दाउरा स्वीकार गरिने छ ।
९. प्राप्त कोटेसनहरु स्वीकृत गर्ने नगर्ने अधिकार संस्थामा निहित रहने छ ।

थप जानकारीका लागि मोवाइल नम्बरः ९८५२६८९५१३

चिया व्यवसायगत उपसमिति

सम्बन्धित खबर