२०८१ पौष २६, शुक्रवार , ०९:२२:३९ बजे

Sajhamanch
'

बुधबारेमा जेसीजको पद हस्तान्तरण र पुरस्कार वितरण एकसाथ

शनिवार, पौष ३०, २०७९

बुधबारे । बुधबारे जेसीजको १०औं पदहस्तान्तरण कार्यक्रम एवम् पुरस्कार वितरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । वर्ष २०२२ का अध्यक्ष मुकेश भट्टराईले नवनिर्वाचित अध्यक्ष अर्जुन ढकाललाई जेसीज चेन लगाएर पद हस्तान्तरण गरेका हुन् ।

निवर्तमान अध्यक्ष मुकेश भट्टराईलाई वर्ष २०२० का अध्यक्ष एवंम् निर्वाचन आयुक्त अनिल वाग्लेले सपथ ग्रहणका लागि अनुमति दिएका थिए । अध्यक्षको पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष अर्जुन ढकालले आफ्नो कार्यकालमा बुधबारे जेसीजलाई नयाँ उचाईमा पुर्र्याउने प्रतिवद्धता जनाए ।

निवर्तमान अध्यक्ष सिनेटर मुकेश भट्टराईले आफ्ना हजुरबुबा लक्ष्मीकान्त भट्टराईको नाममा घोषणा गरेको ५० हजार राशिको पुरस्कार सोही अवसरमा वितरण गरेका थिए । उक्त पुरस्कारबाट यो वर्ष क्रमशः बिष्णु लामिछाने, टेकनाथ ढकाल र रुद्र निरौला सम्मानित भएका छन् ।

पुरस्कार संस्थापक भट्टराईले जेसीज अभियानमा जोडिएका जेसीज अफ द इयर, आइटी अफिसर अफ द इयर र अफिसर अफ द इयर गरी ३ विधाका उत्कृष्ट युवालाई पुरस्कार निरन्तर प्रदान गरिने बताए ।

बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भवानी खतिवडा र नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष विकास मानन्धर विशिष्ट अतिथि रहेका थिए ।

गाउँपालिका अध्यक्ष प्रसाईंले जेसीजले प्रजातान्त्रिक अभ्यासलाई अंगिकार गरेको भन्दै सबै क्षेत्रले सिक्न आवश्यक रहेको बताए । उनंले बुधबारे जेसीज पालिका भित्रका संघ सस्थामा उत्कृष्ट देखिए पनि कतिपय कुरामा सुधार गर्नपर्ने सुझाव दिएका थिए ।

कार्यक्रमका विशिष्ट अतिथि एवम् गाउँपालिका उपाध्यक्ष भवानी खतिवडाले युवा र खासगरी दुव्र्यसन नियन्त्रणमा काम गर्न बुधबारे जेसीजमार्फत सम्पूर्ण युवालाई आह्वान गरेका थिए ।

बुधबारे जेसीजको इतिहासमै पहिलोपटक सबैभन्दा धेरै राष्ट्रिय पदाधिकारीसहित उपस्थित भएका नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष विकास मानन्धरले क्षेत्र र भूगोल हेरी युवा लक्षित कार्यक्रममा जोड दिन सुझाव दिए ।

उनले विधिको शासन मान्दै सबै जात, समुदाय, धर्म र लिङ्गलाई समान व्यवहार गर्न जेसीजलाई निर्देशनसमेत गरे । उनले भने, “एक परिवार– एक टिम हुँदै एउटै लक्ष्य प्राप्तिमा अग्रसर हुन सबै जेसीजलाई अनुरोध गर्दछु ।’’

कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्षसहित निरुपित राष्ट्रिय उपाध्यक्ष अनुप सुनुवार, राष्ट्रिय महासचिव अमिश ढकाल, कार्यकारीणी उपाध्यक्ष कुमारसिह साँवा उपाध्यक्षहरु भिमबहादुर कुँवर, बिरबहादुर बेघा, स्वस्तिका आचार्य, तेजप्रसाद उप्रेती, गुरुदेव पौडेलको उपस्थिति थियो ।

नेपाल जेसीज एरिया ‘क’ का ३० भन्दा बढी शाखा अध्यक्षको उपस्थितिमा भएको कार्यक्रममा जिल्लाका १५० बढी संघ सस्थाहरु सामेल थिए । कार्यक्रममा बुधबारे जेसीजका पूर्व अध्यक्ष, सल्लाहकार, पदाधिकारी लगायतको उपस्थिति थियो ।

सम्बन्धित खबर