२०८१ भदौ ३१, सोमवार , १२:१२:०९ बजे

Sajhamanch
'

मनोजलाई सर्वोकृष्ट ध्वनी सम्पादकको अवार्ड

बुधवार, पौष २७, २०७९

काठमाडौँ । मनोज डंगोललाई रारा राष्ट्रिय अवार्ड अन्तर्गत सर्वोकृष्ट ध्वनी सम्पादकको अवार्ड प्रदान गरिएको छ । पाउ हजुरको गीतबाट उनले सर्वोकृष्ट ध्वनी सम्पादकको अवार्ड प्राप्त गरेका हुन ।

राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा काठमाडौमा अवार्ड समारोह आयोजना गरिएको थियो । डंगोल बिग परिवेश रेकर्डिङ स्टुडियोमा कार्यरत छन् ।

उनले बिरिसु मिडिया प्रालिले आयोजना गरेको स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०७८ मा पाउ हजुरको बोलको गीतबाट वर्ष सर्वोकृष्ट ध्वनी सम्पादकको अवार्ड प्रदान गरिएको थियो ।

त्यसैगरी उनले पाँचौ मनास्लु राष्ट्रिय अर्वाड २०७८ मा सर्वोकृष्ट ध्वनी सम्पादकको अवार्ड, ग्रीट नटराज फिल्मस प्रालिले आयोजना गरेको स्टार म्यूजिक भिडियो अवार्ड २०२२ मा सर्वोकृष्ट ध्वनी सम्पादकको अवार्ड पाएका थिए ।

यस्तै, मनास्लु पोष्टको आयोजनामा छैटौं मनास्लु राष्ट्रिय अवार्ड २०७९ र दोस्रो मनास्लु इन्टरनेशनल आइकन अवार्ड अन्तर्गत सर्वोकृष्ट ध्वनी सम्पादकको अवार्ड प्राप्त गरिसकेका छन् ।

सम्बन्धित खबर