२०८१ पौष ८, सोमवार , १२:०६:४२ बजे

Sajhamanch
'

शिवसताक्षी २ का मनोरोगीहरुलाई घरमै गएर उपचार र औषधी वितरण

आइतवार, पौष २४, २०७९

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं.२मा आइतबार मानसिक रोगीहरुको घर घरमै गएर उपचार तथा औषधि वितरण गरिएको छ।

मनमोहन मेमोरियल हस्पिटल बिर्तामोडका मनरोग विशेषज्ञ डाक्टर सन्दर्भ अधिकारी ,शिवसताक्षी नगरपालिका वडा नं२ स्वास्थ्य चौकी प्रमुख धनबहादुर विक,मेडिकल सेल्स अफिसर रोशन धिमालको सहयोगमा सामाजिक, आर्थिक विपन्न भई उपचारको पहुँचबाट बन्चित मनोरोगीहरुको घर घरमै पुगी सेवा प्रदान गरिएको हो ।

मस्तिष्कबाट उत्पन्न हुने भावना, आभाष, स्मृति, विचार, बोली, चेतना आदिमा गडबवडी हुने समस्या मानसिक रोग हो । यो अवस्था लगातर रहिरहेमा मानसिक समस्याको शंका गर्नुपर्छ।

मानसिक रोग विशेषज्ञ डा।अधिकारीका अनुसार कोरोना महामारीले संक्रमितभन्दा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा अन्य वर्गलाई बढी मानसिक रूपमा गाँज्दै लगिरहेको छ ।

लकडाउनका कारण आर्थिक संकटमा परेका व्यापारी, निको भइसकेका पुराना मानसिक बिरामी, लागूऔषध प्रयोगकर्ता, घरेलु हिंसामा परेका महिला र बालबालिका, दीर्घरोगी र संक्रमितको उपचारमा खटिएका फ्रन्टलाइन स्वास्थ्यकर्मीलाई महामारीले बढी मानसिक असर गरेको उनले बताए ।

 मनरोगीहरुलाई घरमै उपचार तथा औषधि प्रदान गरिएको र निरन्तर फलोअप गरेर उनीहरूलाई निःशुल्क थप औषधि प्रदान गरिने मेडिकल सेल्स अफिसर धिमालले बताए ।

यस अवसरमा शिवसताक्षी वडा नम्बर २ का बडा अध्यक्ष भीम नेम्वाङ ,वडा सदस्य यामबहादुर सञ्जु राई,वडा सदस्य भोजकुमार ढकाल ,वडा सचिव खेमराज दुलाल र समाजसेवी राजु दर्नालको विशेष पहलमा डाक्टर अधिकारी लगायतले निस्शुल्क उपचार तथा औषधि प्रदान गरिएको हो।

मानसिक रोगीहरूले सही उपचार नपाउनुका मुख्य कारणहरूमध्ये यस्ता रोगहरूप्रति रहेका मिथ्या तथा गलत धारणाहरू हुन सक्दछन् । मानसिक रोगलाई दैवी शक्ति, भूत प्रेत एवं मन कमजोरीको समस्या ठानेर रोग नै नभएको कतिपय व्यक्तिको धारणा छ ।

कतिपय व्यक्ति मानसिक समस्यालाई सोझै पागलपनसँग दाँजेर पारिवारिक मान प्रतिष्ठामा आँच उत्पन्न गराउन सक्ने ठान्छन् । कतिलाई त यस्ता समस्याहरूको आधुनिक चिकित्सा प्रणालीद्वारा उपचार सम्भव छ भन्ने पनि थाहा र विश्वाश छैन र धामी झाँक्रीको शरणमा जाने गर्दछन् । समस्या ठीक नभएमा या बढ्दै गएमा त्यस्ता व्यक्तिलाई बाँध्ने, शारीरिक तथा मानसिक यातना दिने जस्ता घटनाहरू त छापाहरूमा बेलाबेलामा प्रकाशित भइ नै रहेका हुन्छन् ।

स्थानीय सरकार तथा सम्बन्धित निकायले जनमानसमा विद्यमान मानसिक रोगहरूप्रति रहेका मिथ्या तथा गलत धारणाहरू हट्नुपर्छ । अन्यथा मानसिक रोगको वर्तमान अवस्थामा खासै परिवर्तन आउन सक्दैन । विश्व स्वास्थ्य संगठनले एक्काइसौ शताब्दीमा हृदय रोगपश्चात् मानव जातिलाई पिरोल्ने दोस्रो डिप्रेसन भनेकाले मानसिक समस्याबारे चनाखो बन्नुपर्ने अवस्था आइसकेको छ ।

सम्बन्धित खबर