२०८१ असोज ४, शुक्रवार , ०२:३०:५२ बजे

Sajhamanch
'

टेलरिङ ब्यवसायी महासंघको सीप सम्मेलन 

बिहिवार, पौष २१, २०७९

काठमाडौं । नेपाल टेलरिङ्ग व्यवसायी महासंघले आयोजना गरेको सीप सम्मेलन कार्यक्रमको दोश्रो दिन आज चन्द्रागिरी नगरपालिका काठमाडौंमा सम्पन्न भएको छ ।

महासंघले यही २० गतेदेखि बनेपाबाट सुरु गरेको चार दिने सीप सम्मेलन अन्तरगत आज दोश्रो दिनको कार्यक्रम चन्द्रागिरीमा गरेको हो । महासंघका अध्यक्ष गोपाल परियारको सभापित्व तथा नेपाल कपडा तथा सिलाई व्यवसायी संघका संस्थापक सदस्य जुजुमान श्रेष्ठको प्रमुख आतिथ्यमा दोस्रो दिनको सीप सम्मेलन भएको हो ।

चन्द्रागिरीमा सम्पन्न कार्यशाला गोष्टीको संयोजन नेपाल कष्टम टेलर्स एण्ड डिजाईनर्स संघ थानकोटले गरेको हो । एड्भान्स् फेसन डिजाईन अन्तर्गत लेहेङा डिजाईन सम्बन्धी कार्यशाला गरिएको संयोजक मिना गोपालीले जानकारी दिइन् ।

यसैगरी सीप सम्मेलनको तेश्रो दिन २२ गते गोरखा टेलरिङ ब्यवसायी संघको संयोजनमा गोरखा बजारमा एडभान्स कोट कटिङ बारेको कार्यशाला गरिने महासंघका केन्द्रीय सदस्य बालकृष्ण परियारले बताएका छन् । सीप सम्मेलनको चौथो तथा अन्तिम दिन २३ गते कास्की कपडा तथा सिलाई ब्यवसायी समितिको संयोजनमा पोखरामा सञ्चालन हुने महासंघका केन्द्रीय उपाध्यक्ष दिनेश परियारले जानकारी दिएका छन् ।

चन्द्रागिरीमा सम्पन्न कार्यशालामा महासंघका वरिष्ठ उपाध्यक्ष सदिश श्रेष्ठ, विशिष्ट सदस्य रमानाथ श्रेष्ठ, महासचिव पूर्णमान महर्जनलगायतको आतिथ्य रहेको जनाइएको छ ।

सम्बन्धित खबर