बिर्तामोड नगरपालिका
नगर कार्यपालिकाको कार्यालय, बिर्तामोड, झापा
प्रथमपटक प्रकाशित मितिः २०७९/९/१९
बिर्तामोड नगरपालिकाद्वारा कार्यान्वयन हुने नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना काठमाडौ मार्फत स्तरोन्नति हुन गइरहेको परापूर्वकालदेखि चलिआएको बुट्टाबारी–प्याकुरेल चोक ६.२ कि.मि. सडकको मर्मत संभार तथा कालोपत्रे गर्ने सिलसिलामा बिर्तामोड नगरपालिका (साविक अनारमनी गाविस वडा नं. १ र गरामनी गाविसको वडा नं. २ र ३) हालको वडा नं. ६, ७ र ८ मा पर्ने प्रस्तावित बुट्टाबारी–प्याकुरेल चोक सडकको मापदण्ड बमोजिम हाल चलन चल्तिको सडकको केन्द्र बिन्दुबाट दाँया/वाँया २०/२० गरी जम्मा ४० फिट सडक चौडा गरी कालोपत्रे गर्न उक्त सडकले छोएका जग्गा धनीहरुले स्वेच्छिक दान दिने बिर्तामोड नगरपालिकासँग विभिन्न समयमा सहमति गरिए अनुसार उल्लेखित जग्गा धनीहरुको जग्गाको क्षेत्रफल सडक क्षेत्राधिकार भित्र परेको व्यहोरा सम्बन्धित सबै सरोकारवालाको जानकारीको लागि यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।
नोटः उल्लेखित सूचनामा जग्गा धनीहरुको तीनपुस्ते विवरण, वडा नं., कि.नं., जग्गाको क्षेत्रफल लगायतको कुनै पनि विवरणमा फरक परेमा प्रमाणका आधारमा सच्चाइने हँदा सम्बन्धित वडा कार्यालयमा ७ दिन भित्रमा सम्पर्क गर्नु हुन सूचित गरिन्छ । यस सूचनामा कुनै पनि प्रकारको सुझाव, सल्लाह तथा गुनासो भए सम्बन्धित वडा कार्यालयको गुनासो सुनुवाई समिति समक्ष सप्रमाण गुनासो गर्न सकिने छ ।
बिस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय र बिर्तामोड नगरपालिकामा सम्पर्क गर्न हुन समेत अनुरोध गरिन्छ ।
प्रमुख प्रशासकिय अधिकृत
विर्तामोड नगरपालिका