२०८१ पौष ८, सोमवार , ०८:०१:५५ बजे

Sajhamanch
'

शिवसताक्षीको धरमपुर चौकमा इमानसिंह चेम्जोङको शालिकको शिल्यान्यास

सोमवार, पौष १८, २०७९

शिवसताक्षी । झापाको शिवसताक्षीमा इतिहासबिद इमानसिंह चेम्जोङको शालिक निर्माण गर्न लागिएको छ । शिवसताक्षी १ स्थित धरमपुर चौकमा इमानसिंह चेम्जोङको शालिक निर्माणका लागि शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोषन)ले शनिबार शिल्यान्यस गरेका हुन् ।

किरात याक्थुङ चुम्लुङ शिवसताक्षी १ वडा समिति धरमपुरले चेम्जोङको १२० औँ जन्म जयन्तीको अवसर पारेर शालिका निर्माण कार्य शुरु गरेको हो ।

इतिहासबिद चेम्जोङको शालिक शिलन्यास गर्दै प्रमुख थोप्राले लिम्बू समुदायको ऐतिहासिक दस्तावेज लेखेर नेपाली समाजलाई संसारमाझ परिचित गराउने भुमिका खेलेका इमानसिंह चेम्जोङलाई देशले राष्ट्रिय बिभुति घोषणा गर्नु पर्ने बताए । उनले चेम्जोङको शालिक निर्माणमा सबै समुदाय एक ढिक्का भएर लाग्न आग्रह गर्दै नगरको तर्फबाट पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

त्यस्तै स्थानीय बुद्धिजीवि चन्द्रवीर नेम्वाङले कठिन राजनीतिक परिवेशमा पनि ऐतिहासिक दस्तावेजद्वारा मेटिन लागेको लिम्बू समुदायको इतिहास लेखेर ठूलो गुण लगाएको स्मरण गर्दै चेम्जोङ राज्यको सम्पत्ती भएकोले सबैले हातेमालो गरेर सम्मान गर्नुपर्ने बताए । कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङ, शालिक निर्माण समितिका सल्लाहकार संयोजक दुर्गा नेम्वाङ लगायतले इतिहासकार चेम्जोङको योगदानको विषयमा बोलेका थिए ।

सल्लाहकार सम्योजक नेम्बाङले सालिक निर्माण पछि धरमपुर चोकाको मुहारमा परिवर्तन आउने भन्दै प्रबेश द्धारको पनि आवश्यक रहेकोले निर्माण गर्नु पर्ने धारण राखे नेपाल सरकारले समेत इतिहासबिद चेम्जोङको योगदानको मुल्याङकन गर्दै हुलाक टिकट समेत प्रकाशन गर्दै आएको छ ।

चेम्जोङको शालिक अर्धकदको हुनेछ भने यसको लागत १२ लाख ६४ हजार ९ सय ५६ रुपैयाँ रहने बताइएको छ । सिलन्यास भएको मितिले ६ महिना भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको शलिकको उचाई करिब ११ फुट अग्लो रहने जनाइएको छ । धरमपुर चौकमा निर्माण हुन लागेको शालिक निर्माणमा धरमपुरका विभिन्न संघ संस्था, बुद्धिजीवि व्यक्तित्व युवाहरुको उत्साहजनक सहभागिता रहको थियो ।

किरात याक्थुङ चुम्लुङ शिवसताक्षी १ का अध्यक्ष शिव शेर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत तथा कार्यक्रमको औचित्य माथि प्रकाश शालिक निर्माण समितिका अध्यक्ष देउबहादुर चेम्जोङले गरेका थिए । त्यस्तै कार्यक्रम सञ्चालन दुर्गा चेम्जोङले गरेका थिए । शालिक निर्माण समितिका आर्थिक संयोजक सरिता चेम्जोङ रहेकी छन भने प्रचार प्रसार संयोजक मनकुमार चेम्जोङ रहेका छन् ।

सम्बन्धित खबर