२०८१ असोज ३, बिहिवार , ०७:५०:४३ बजे

Sajhamanch
'

समुन्नत साकोसले १३ प्रतिशत शेयर लाभांस दियो

शनिवार, पौष १६, २०७९

बिर्तामोड । समुन्नत बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोडको १५औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष कमल पौडेलको अध्यक्षता तथा बिर्तामोड नगरपालिका वडा नं. ५ का वडाध्यक्ष रोहित प्रसाईंको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभाको उद्घाटनका अवसरमा संस्थाले आफ्ना ज्येष्ठ शेयर सदस्य, असल बचतकर्ता, असल ऋणी, बर्ष उत्कृष्ट कर्मचारी र शेयर सदस्यका छोराछोरीमध्ये एसईईमा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

संस्थाले ज्येष्ठ शेयर सदस्य दुर्गाप्रसाद उपाध्याय पौडेल, असल बचतकर्ता जनार्दन साह, असल ऋणी मनोरथ सिटौलालाई सम्मान गरेको हो । यस्तै, वर्ष उत्कृष्ट कर्मचारीको रुपमा प्रसना श्रेष्ठलाई सम्मान गरिएको छ । एसईईमा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने कृष्णांशु खतिवडा र शारिका खतिवडालाई पनि पुरस्कृत गरियो ।

संस्थामा लामो समयसम्म काम गरेका व्यवस्थापक मोहन प्रधान र बजार प्रतिनिधि मल्लिका गजुरेललाई सम्मानसहित विदाइ गरिएको छ । सहकारीमा आवद्ध भाषिका ढुंगेल र निश्चल शिवाकोटीलाई स्वागतसहित सम्मान गरिएको छ ।

संस्थाका सञ्चालक सदस्य रामजी पोखरेलले स्वागत गरेको कार्यक्रमको सहजीकरण सदस्य नवीन बरालले गरेका थिए । कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै पौडेलले २०७८/०७९को शेयर पुँजी एक करोड ४९ लाख ४६ हजार पुगेको जनाएका छन् ।

संस्थाको जगेडा तथा अन्य कोषमा ५७ लाख ६८ हजार ६६ रुपैयाँ पुगेको र संस्थाको निक्षेप मौज्दात चार करोड ६५ लाख ९३ हजार ७५५ रुपैयाँ रहेको जानकारी दिइएको छ ।

संस्थामा आवद्ध शेयर सदस्यमध्ये ४६२ जनालाई यो वर्ष लाभांशको १३ प्रतिशत बोनस वितरण गरिनेछ । पाँच हजार रुपैयाँभन्दा माथि शेयर राख्ने सदस्यलाई मात्रै यो रकम प्रदान गरिने बताइएको छ ।

कार्यक्रममा प्रमुख अतिथि प्रसाईंसहित कृषिथोक बजार व्यवस्थापन समितिका अध्यक्ष कमलप्रसाद पौडेल, कालिका सहकारीका उपाध्यक्ष योगप्रसाद मिश्र लगायतले मन्तव्य राखेका थिए । संस्थाका उपाध्यक्ष लक्ष्मी सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए ।

सम्बन्धित खबर