भद्रपुर । वर्तमान साहित्य प्रतिष्ठान भद्रपुर १० चन्द्रगढीको २५ वार्षिक साधारण सभाको अवसर पारेर दमकका कवि धनकुटे कान्छाको एकल कविता वाचन सम्पन्न गरिएको छ ।
प्रतिष्ठानका अध्यक्ष डिल्लीरमण नेपालको अध्यक्षता तथा आख्यानकार पुन्यप्रसाद खरेलको प्रमुख आतिथ्यमा चन्द्रगढीमा सम्पन्न सभामा कवि कान्छाले समसामयिक विषय झल्कने विभिन्न कविता सुनाएका थिए ।
कार्यक्रममा लेखक कृष्ण वराल, संगीतकार हस्त परियार, पत्रकार मोहन काजी न्यौपाने, भद्रपुर नगर कार्यपालिका सदस्य सीता गुरागाई लगायतले धारणा राख्दै साहित्य देश र जनताको आवाज हुनु पर्ने बताएका छन् ।
आर्यक्रममा अध्यक्ष नेपालले प्रतिष्ठानको वार्षिक गतिविधि पेश गर्दै भद्रपुर नगरपालिका क्षेत्रलाई साहित्यको केन्द्र बनाउन लागि पर्ने अवधारणा पेश गरेका थिए ।