२०८१ मंसिर ८, शनिवार , ११:४५:४६ बजे

Sajhamanch
'

धरमपुर–पाँचगाछी सडक भत्किन थालेपछि नगरपालिका र वडा कार्यालयबाट अनुगमन

बिहिवार, पौष १४, २०७९

शिवसताक्षी । शिवसाक्षीको धरमपुर–पाँपगाछी कालोपत्रे सडक ठाउँ ठाउँमा भत्किएपछि अनुगमन गरिएको छ।

विविध कारणले काम हुँदै रोकिन्दै सम्पन्न भएको यो सडक पछिल्लो समय ठाउँ ठाउँमा भत्किएर खाल्डाखुल्डी परेपछि स्थानियवासिहरुको चर्को असन्तुष्ट रहदै आएको छ।

शिवसताक्षी नगरपालिका उप(प्रमुख नरमाया कार्की शिवसताक्षी वडा नम्बर –१का वडा अध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङ,वडा नम्बर –३ का वडा अध्यक्ष भाष्कर न्यौपाने ,ईन्जिनियर राम खतिवडा लगायतले अनुगमन गरेका छन्।

सो सडक पूर्व पश्चिम राजमार्गको धरमपुर चौकदेखि पारावारि बजार दक्षिण साविक धरमपुर –१ सम्म नौ किलोमिटर लम्बाई र २२ फिट चौडाइको कालोपत्रे सडकको करिब ७ सय मिटर धरमपुर चोक दक्षिणमा मात्रै ढल निकास निर्माण भएको छ।

ढल निर्माण नभएको सडकमा बर्षा याममा पानीको निकास जाने ठाउँ नपाएर यो सडक यसरी भत्किएको स्थानीयवासीहरु बताउँछन् ।

तत्काल धरमपुर चोकदेखि पारावारि बजार दक्षिणसम्म सडकमा भएको खाल्डाखुल्डी अस्थायी रुपमा पुरिने र समपूरक बजेट स्थायी रुपमा खाल्डाखुल्डी मर्मत गरिने उप प्रमुख कार्कीले बताइन् ।

शिवसताक्षी नपा वडा नं १,२,३ र ४ हुँदै जाने यो सडक यस भेगको मुख्य सडक नै हो।यो सडक पाँचगाछी धरमपुर हुदै दमक, विराटनगर ,धरान ,बिर्तामोड ,चन्द्रगढी आदि ठाउँसम्म जान स्थानीयवासीलाई सहज भएपनि ठाउँ ठाउँमा सडक भत्किएपछि सडक दुर्घटना बडेको शिवसताक्षी वडा नं.३का वडाअध्यक्ष भाष्कर न्यौपाले जानकारी दिए ।

सम्बन्धित खबर